Banner

अमित साह २०२४-२०२६ कार्यकालका लागि न्यूयोर्क पब्लिक स्कूलको नेतृत्व टोलीमा निर्वाचित, उनि पहिलो निर्बाचित नेपाली हुन्

 

मकै हाउस टिभी एण्ड न्युज,  

न्युयोर्क । नेपाली अमेरिकन अमित प्रताप साह २०२४-२०२६ कार्यकालका लागि न्यूयोर्क पब्लिक स्कूलको नेतृत्व टोलीमा निर्वाचित भएका छन् ।  उनि निर्बाचित हुनेमा पहिलो नेपाली अमेरिकन हुन् । 

न्युयोर्क नेपाली अमेरिकी समुदायका लागि यो एक ऐतिहासिक कोसेढुङ्गा पनि भएको छ । अमित प्रताप शाह २०२४-२०२६ कार्यकालका लागि न्यूयोर्क पब्लिक स्कूल लिडरसिप टिम (एसएलटी) को सदस्यको रूपमा निर्बाचित भएका हुन् ।  उनले न्यूयोर्क पब्लिक स्कूल, PS 139Q रेगो पार्कमा सेवा गर्नेछन् र उनको कार्यकाल जुलाई १, २०२४ मा सुरु हुनेछ, र जुन ३०,२०२६ मा समाप्त हुनेछ। साह यस प्रभावशाली पदमा निर्वाचित हुने पहिलो नेपाली अमेरिकी पनि हुन् । भने यो  उपलब्धी न्युयोर्क नेपाली समुदायको  लागि महत्वपूर्ण उपलब्धि पनि हो । 

न्यूयोर्क पब्लिक स्कूल लिडरसिप टिम (एसएलटी), विद्यालय नेतृत्व टोलीले शैक्षिक नीतिहरू विकास गर्न र यी नीतिहरूलाई समर्थन गर्न स्रोतहरू उपलब्ध छन् भनी सुनिश्चित गर्न महत्त्वपूर्ण भूमिका खेल्दछ । र  प्रिन्सिपल, अभिभावक संघ/अभिभावक-शिक्षक संघ,  संयुक्त शिक्षक संघ महासंघ, निर्वाचित अभिभावक र कर्मचारी सदस्यहरू सम्मिलित, SLT ले विद्यालयको शैक्षिक वातावरणलाई सुधार्नको लागि सहयोगी रूपमा काम गर्ने गर्दछ । 

 

Screenshot
Loading...