Banner

न्युयोर्कमा ‘नेपथ्य~ऐतिहासिक सॅाझ’ अगस्टमा हुदै

मकै हाउस टिभी एण्ड न्युज, 
न्युयोर्क । सुप्रसिद्ध नेपाली ऐतिहासिक ब्याण्ड “नेपथ्य” ब्याण्डको ऐतिहासिक सॅाझ नामक कन्सर्ट आगामी अगस्टमा न्युयोर्कमा हुने भएको छ । 

गत जुन १६ आईतबारका दिन न्युयोर्कको ज्याक्सन हाईट्स स्थित हिमालयन याक रेष्टुरेण्टमा एक पत्रकार सम्मेलन गरि आयोजक टिमले नेपथ्य ब्याण्डको कन्सर्टबारे जानकारी गराएका हुन् । 

डिजे रित, याक प्रोडक्सन र ईसेन्स स्माईलको संयुक्त आयोजनामा आगामी अगस्ट ३० शुक्रबार सॅाझ ‘नेपथ्य ~ ऐतिहासिक सॅाझ’ नामक नेपथ्य कन्सर्ट न्युयोर्कको म्यानह्याट्टन स्थित टर्मिनल ५, ६१० वेस्ट ५६ स्ट्रिट, न्युयोर्क १००१९ (Terminal 5, 610 West 56th St. New York, NY 10019) को हलमा हुने र टिकटको बिक्री बितरण पनि सुरु भएको आयोजकले जानकारी गराएका छन् । 


 
टिकट र कार्यक्रम सम्बन्धी जानकारीको लागी फ्लाएरमा राखिएको नम्बरमा सम्पर्क गरी बुझ्न सकिन्छ र टिकट तल राखिएको लिंक मार्फत पनी खरिद गर्न सकिनेछ । 

https://www.axs.com/events/595653/nepathya-tickets?q=Nepathya

 

Screenshot

 

Loading...