Banner

रमेश प्रसाई र नन्दा बस्यालसंगको “मिट एण्ड ग्रिट” कार्यक्रम भोली न्युयोर्कको ज्याक्सन हाईट्समा

 

मकै हाउस टिभी एण्ड न्युज, 
न्युयोर्क । पब्लिक स्पिकरको रुपमा सुपरिचित रमेश प्रसाई र अन्तराष्ट्रिय पदक बिजेता तथा कलाकार नन्दा बस्यालसंगको भेटघाट “मिट एण्ड ग्रिट” कार्यक्रम भोली न्युयोर्कको ज्याक्सन हाईट्समा हुने भएको छ । 

ड्रिम्स युनिभर्सल एलएलसी र नेपाली अमेरिकन कलाकार संघको संयुक्त सहकार्यमा भोली जुन २२,२०२४ शनिबार सॅाझ ५ः०० बजे न्युयोर्कको क्विन्स स्थित नेपाली भान्छा घरको हलमा नेपालका सुप्रसिद्ध पब्लिक स्पिकर तथा साहित्य सर्जक रमेश प्रसाई, उहाका धर्मपत्नी नन्दा सिंह प्रसाई र नेपाल खेलकुद महासंघका उपाध्यक्ष, चर्चित तेक्वान्डो खेलाडी (अन्तर्राष्ट्रीय स्वर्ण पदक बिजेता ) तथा कलाकार नन्दा बस्यालसंगको भेटघाट “मिट एण्ड ग्रिट” कार्यक्रम हुने भएको हो । 

 

Screenshot
Loading...