
मिस नेपाल नर्थ अमेरिका २०२४ का लागी २० प्रतिष्पर्धी छनौट
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । मिस नेपाल नर्थ अमेरिका २०२४ का लागी २० सुन्दरी प्रतिष्पर्धीको छनौट सम्पन्न भएको छ ।
ड्रिम्स यूनिभर्सल एलएलसीले बिगत २०१८ देखि न्युयोर्कमा आयोजना गर्दै आईरहेको सौन्दर्य प्रतियोगिता मिस नेपाल नर्थ अमेरिकाको (२०२४) सिजन ७ का लागी नर्थ अमेरिकाको बिभिन्न राज्य र क्यानाडामा बसोबास गर्ने २० सुन्दरीहरुको छनौट तय भएको छ ।
ड्रिम्स यूनिभर्सल एलएलसिका कार्यकारी निर्देशक शैलस श्रेष्ठले दिएका जानकारी अनुसार मिस नेपाल नर्थ अमेरिका २०२४ को ग्राण्ड फिनाले आगामी अगस्ट ३, मा न्युयोर्कको क्विन्स स्थित मेलरोज बलरुममा हुने बताएका छन् । साथै ग्राण्ड फिनाले भन्दा पहिले भोटिंग राउण्ड पनि हुने भएकोले आफुलाई मन पर्ने प्रतिष्पर्धीलाई भोट गरी ताज जित्नमा सहयोग पनि पुर्याउन सक्ने जानकारी दिएका छन् ।

छनौट भएका २० सुन्दरी प्रतिष्पर्धीहरुमा क्यानाडाबाट अनु सुबेदी र स्विकृती खड्का, नर्थ क्यारोलिनाबाट अन्ना कोईराला, मिन्नेसोटाबाट आयुषा तुलाधर, टेक्ससबाट आदीश्री रेग्मी, सरिता ठगुन्ना र सुजाना सुनुवार, न्युयोर्कबाट अस्मिता गिरी र प्रिजा राना, मिसिगानबाट अस्मिता तुलाधर, ओहायोबाट दृष्या धिताल, म्यारिल्याण्डबाट नान्सि क्षेत्री, रुबिना गिरी र रुबी पौड्याल, न्युजर्सिबाट ओनिका बानिया, म्यासाचुसेट्सबाट रिजा पुरी, कोलोराडोबाट सबिता चौलागाई र सर्जु थापा, जर्जियाबाट सोफि पोखरेल र क्यालिफोर्नियाबाट उषा शाह गरी २० प्रतिष्पर्धीले भाग लिएकी छिन् ।
मिस नेपाल नर्थ अमेरिका २०२४को ताज कस्ले पहिरिने छिन् त्या हेर्न भने अगस्ट ३ लाई नै कुर्नु पर्ने हुन्छ ।