Banner

म्याग्दी समाज न्युर्योकको समर पिक्निक २०२४ तथा स्मारीका विमोचन कार्यक्रम सम्पन्न

 

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । म्याग्दी समाज न्युर्योक, अमेरीकाले विगत वर्ष झै यस् बर्ष पनी भेटघाट तथा आत्मीयता र भाइचारा लाई स्थायित्व बनाउन आफ्नो कला संस्कृतीको जर्गेना गर्ने उद्देश्यले समर पिकनिक कार्यक्रम न्युर्योक राज्यको क्विन्स स्थित कोरोना पार्कमा विविध कार्यक्रम गरी म्याग्देली तथा गैरम्याग्देलीको सहभागीतामा सम्पन्न भएको छ । 

 

उक्त कार्यक्रममा समाजले स्थापना काल देखी हाल सम्म गरेका गतिवीधी , म्याग्दी समाज न्युर्योकमा आवद्ध  म्याग्देलीको विवरण जस्ता कुरालाई लिपीवद्ध गर्ने उद्देश्यले प्रकाशित गरेको म्याग्दी समाज न्युयोर्कको स्मारीका अंक १ को समाजको जेष्ठ नागरिक खड्कमती शेरपुन्जा र संस्थाका अध्यक्ष रमेश तुलाचन द्धारा विमोचन कार्य सम्पन्न भएको छ ।

Screenshot

उक्त कार्यक्रममा स्मारीका प्रकाशनको लागी सम्पादकीय मण्डलमा रहेर काम गरेका मण्डलका संयोजक चक पाइजा सदस्य रामचन्द्र सापकोटा र तारामीलन छन्त्याल लाई सम्मान पत्र द्वारा सम्मान गरिएको थियो । साथै समर पिकनिक २०२४ लाई सफल बनाउन सहयोग गर्ने सहयोगी दाताहरु , नव आगन्तुक म्याग्देली परिवार हरुलाई स्वागत , संस्थाका आजिवन सदस्य हरुलाई प्रमाणपत्र वितरण तथा पुरुष लठो प्रतियोगिता मा प्रथम हुने बरंजा र द्धितीय धौलागिरी गा.पा र छेलो प्रतियोगितामा प्रथम हुने प्रेम थापा र द्धितीय दिनेस पुन लाई प्रमाण पत्र र नगद पुरात्कार सहित पुरस्कृत गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष श्री रमेश तुलाचन को अध्यक्षता संस्थाका महासचिव चयन्द्र बहादुर थापा क्षेत्री प्रकाश को सञ्चालन मा सम्पन्न भएको कार्यक्रममा समर पिकनिक २०२४ का संयोजक तथा संस्थाका उपाध्यक्ष सोम बुढाथोकी को स्वगत मन्तव्य , मगर संघ अमेरीका केन्द्र का अध्यक्ष याम पुन मगर लगाएत ले शुभकामना मनतव्य राख्नु भएको थियो ।

संस्था का अध्यक्ष तुलाचनले निमन्त्रणा लाइ स्विकार गरेर उपस्थितीहुनु हुने सम्पूर्णलाई धन्यवाद र सदा झैं यस वर्ष पनि कार्यक्रम सफल बनाउन सहयोग गर्नु हुने मनकारी सहयोगदाताहरु,पदाधिकारी आयोजक साथीहरु,गर्मी नभनी पसीना बगाउँदै दिनभरि अहोरात्र खट्ने,स्वयंसेवकहरु,महिला स्वयंसेवकहरु ,समाजका आजीवन तथा साधारण सदस्यहरु ,पन्चे बाजा टोली,पुरुष लठ्ठो तान्ने तथा छेलो फ्याक्ने खेलाडी मित्रहरु,डिजे,भिडियो ग्राफर,फोटो ग्राफर,साना साना बाबु नानीहरु,अतिथि गण तथा गैरम्याग्देली हाम्रा ईष्टमित्रहरु सबैमा म्याग्दी समाज न्यूयोर्कको तर्फदेखि र मेरो व्यक्तिगत तर्फदेखि हार्दिक आभार प्रकट गर्नुको साथै आगामी दिनहरुमा पनि हजूरहरु सबैको माया ,साथ,सपोर्ट र हौसला अनि समर्थनको निमित्त धेरै धेरै अपेक्षाकृत छौं भन्दै औपचारिक कार्यक्रमको समापन गर्नु भएको थियो । 

 

Loading...