
लङ आईल्याण्ड, न्युयोर्कमा नेपाली समुदायद्वारा असार पन्ध्र उत्सव सम्पन्न, ६ सामाजिक ब्यक्तित्व सम्मानित
मकै हाउस टिभी एण्ड न्युज, बिश्व बास्तोला
न्युयोर्क । लङ आईल्याण्ड, न्यूयोर्क- नेपाली समुदायले असार १५ अर्थात् राष्ट्रिय धान दिवसलाई विशेष उत्साहका साथ मनाएका छन्। नेपाली परम्परागत पर्व असारे पन्ध्रलाई दही-चिउरा खाएर मनाउँदै नेपाली समुदायले आफ्नो सांस्कृतिक धरोहरलाई विदेशमा पनि जोगाइराख्न सफल भएको छ।
लङ आईल्याण्डमा आयोजित यस कार्यक्रममा विभिन्न उमेर समूहका नेपालीहरू सहभागी भएका थिए। दही-चिउराको अतिरिक्त अन्य नेपाली परिकारहरूको व्यवस्था पनि गरिएको थियो।कार्यक्रममा अतिथिहरूले असारे पन्ध्रको ऐतिहासिक र सांस्कृतिक महत्वबारे प्रकाश पारेका थिए। दही-चिउरा केवल परम्परागत आहार मात्र नभई स्वास्थ्यका दृष्टिकोणले पनि लाभदायक मानिन्छ।

कार्यक्रममा ६ जना समाजसेवीहरूलाई सामाजिक लिडरको रूपमा सम्मान गरिएको थियो। न्यूयोर्क विधान सभा सदस्य Assemblyman Jake Blumencranz ले बरिष्ठ लोक तथा दोहोरी गायक विमल डागी सहित आचार्य पिपल मणि सिग्देल, मोहन क्षेत्री, शंखनारायण प्रजापति, केदार कट्टेल, र राजकुमार गुरुङलाई सम्मान गरेका थिए।

यस अवसरमा डा. प्रनव दहाल, प्रोफेसर सरोज पौडेल ,राज चौलागाई, रामकुमार ढकाल, तुलसी पौडेल, यलिजा ढकाल,पं विष्णु साप्कोटा,विरेन्द देउवा ,विवेक गौतम,अस्मिता खनाल, लक्ष्मी सुवेदी,तेज प्प्रसाद तिम्सिना, पम्फा भण्डारी, मित्र कार्की, जय फूयाल, मिलन कार्की, अमित सिंह, सानु साह, सुस्मिता भण्डारी, नरेन्द्र सुवेदी, विदुर साप्कोटा, सुमन वरुवाल, राजिव शर्मा, श्रिस्टी भट्टराई,गिता पुरी,कृष्ण पौडेल,लगायत अन्य विभिन्न संघसंस्थाका प्रतिनिधि र सयौं सामाजिक कार्यकर्ताको उपस्थिति रहेको थियो।

समाजका पूर्व महासचिव एवं जुनकुरी नेपालका अमेरिका प्रतिनिधि समाजसेवी वावुराम शर्माको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा विश्व वास्तोला, कार्यक्रम संयोजक शंखनारायण प्रजापति, टिकाढकाल, महेश खडका, मेनुका खड्का, विक्रम क्षेत्री, विकास खरेल, शंकर भण्डारी, समाजका पूर्व अध्यक्ष वसन्त चापागाई, रुपा भण्डारी,पर्वत सेवा समाजका अध्यक्ष सूर्य पौडेल लगाएतले शुभकामना दिएका थिए।
अन्त्यमा, सबै सहभागीहरूले एकसाथ दही-चिउरा खाएर पर्वको समापन गरेका थिए। यसरी, लङ आईल्याण्डमा नेपाली समुदायले असारे पन्ध्र मनाएर आफ्नो मौलिकता र परम्परालाई जीवन्त राख्न सफल भएको छ।