Banner

यूरो कप २०२४ मा जर्मनी र पोर्चुगल बाहिरियो, स्पेन र फ़्रान्स सेमिफ़ाइनलमा प्रवेश

 

मकै हाउस टिभी एण्ड न्यूज़, 

न्युयोर्क । युरो कप २०२४ को क्वार्टर फ़ाइनल खेलमा आज भएको खेलमा आयोजक राष्ट्र जर्मनी सहित पोर्चुगल बाहिरिदा स्पेन र फ़्रान्स सेमिफ़ाइनलमा प्रवेश गरेको छ । 

आज दिउसो ईस्टर्न समय अनुसार १२ः०० बजे भएको युरो कपको पहिलो क्वार्टर फ़ाइनल खेलमा स्पेनले आयोजक राष्ट्र जर्मनीलाई २-१ गोलले पराजित गर्दा जर्मनी युरो कप २०२४ को क्वार्टर फ़ाइनलबाट बाहिरिएको हो भने स्पेन सेमिफ़ाइनल प्रवेश गरेको हो । 

खेलको पहिलो हाल्फ बराबरीमा सकिए पनी दोस्रो हाल्फको ५१ ऐ मिनेटमा स्पेनका युवा स्ट्राईकर यामालले दिएको पासलाई डि ओल्मोले गोलमा परिणत गर्दा खेलमा स्पेनले १-० को अग्रता लिएको थियो, पछि ८९ औ मिनेटमा जर्मनीको तर्फबाट किम्मिचले दिएको पासलाई विर्ट्जले गोल गर्दै खेलमा टोलीलाई १-१ को बराबरीमा ल्याएको थियो । पछि खेल अतिरिक्त समयमा गएको थियो, खेलको अतिरिक्त समयको ११९ औ मिनेटमा डि ओल्मोले दिएको पासलाई मेरिनोले जाली चुमाउदा सो गोल नै निर्णायक गोल बन्न पुगेको हो । 

 

भने एता तिर ३ः०० बजे सुरुवात भएको पोर्चुगल र फ्रान्स बिचको खेल नियमित ९० मिनेटको खेल बराबरीमा सकिए पछी खेल अतिरिक्त समय तिर धकेलिंएको थियो । अतिरिक्त समयको खेलमा पनि दुवै पक्षबाट गोल हुन नसकेपछी खेल पेनाल्टी शुटआउटमा पुगेको थियो । पेनाल्टी शुटआउटमा फ्रान्सको तर्फबाट ५ मा ५ गोल नै भएपछी उता पोर्चुगलको तर्फबाट जाओ फेलिक्सले पेनाल्टी मिस गर्दा खेलमा ५-३ को अन्तरले फ़्रान्सले जित्दै सेमिफ़ाइनल प्रवेश गरेको हो । 

अब सेमिफ़ाइनल खेलमा स्पेन र फ़्रान्सले जुलाई ९, मंगलवारको दिन फ़ाइनल प्रवेशको लागी प्रतिष्पर्धा गर्नेछ । 

Loading...