Banner

नेपाली संस्था र न्यूयोर्क ब्लड सेन्टरको संयुक्त रक्तदान कार्यक्रम हिक्सभिलमा सम्पन्न

 
मकै हाउस टिभी एण्ड न्युज, टिका ढकाल
Hicksville, NY — लङ आइल्याण्ड, न्यूयोर्कका नेपाली संस्थाहरूले न्युयोर्क ब्लड सेन्टरसँगको सहकार्यमा २५८ ब्रोडवे, हिक्सभिलमा रहेको द ब्रोडवे मलमा जुलाई ७, २०२४ का दिन बिहान ११ः०० बजे देखि ५ः०० बजे सम्म “सफल रक्त अभियान” कार्यक्रम आयोजना गरी सम्पन्न गरेका छन्

न्युयोर्क ब्लड सेन्टरका लेखा प्रबन्धक शेरोन कार्प स्लिभाले कार्यक्रमको प्रशंसा गर्दै भन्नुभयो :- “रक्त अभियान, नासाउ सेन्ट्रल नेपाली लायन्स क्लब एनवाई, टिका भक्त फाउन्डेशन यूएसए आईएनसी, आरके फाउण्डेशन यूएसए, पीएआर फाउन्डेसन यूएसए, बीटी फाउन्डेसनको हेम्जा वेलफेयर सोसाइटी यूएसए, र एमबी फाउन्डेसन युएसए, संयुक्त प्रयासमा आयोजना भएका कार्यक्रम सधैं सफल छन्| यी संस्थाहरूले हरेक वर्ष रक्त दान अभियानको आयोजना गर्दछन्, र मलाई यी सस्थाहरु सग काम गर्न रमाइलो लाग्छ किनभने तिनीहरू समर्पित र मेहनती छन्, कार्यक्रमको सफलता सुनिश्चित गर्छन “।

कार्यक्रममा लङ आइल्याण्डका नेपाली अमेरिकन समुदायका सामाजिक अभियन्ता बाबुराम शर्मा, विश्व बास्तोला, शंकर भण्डारी, महेश खड्कालगायतले रक्तदाताहरूप्रति कृतज्ञता व्यक्त गरे ।

उनीहरुले रक्तसञ्चारलाई सुचारु रुपमा सञ्चालन गर्न स्वयम्सेवा गर्ने रुपा भण्डारी र विकास खरेलको प्रयासको पनि प्रशंसा गरे । १०० भन्दा बढी व्यक्ति रक्तदान गर्न इच्छुक थिए, र ५३ जनाले सफलतापूर्वक रक्तदान गरे।
यस महत्त्वपूर्ण कारणमा सहभागी र समर्थन गर्ने सबैलाई धन्यवाद।
 

Loading...