
बाग्लुङ सेवा समाज अमेरिकाको रक्तदान कार्यक्रम सम्पन्न
मकै हाउस टिभी एण्ड न्यूज़,
न्युयोर्क । बाग्लुङ सेवा समाज अमेरिकाको गत आईतबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

गत जुलाई ७, आईतबारका दिन न्युयोर्कको क्विन्स स्थित ज्याक्सन हाईट्समा बाग्लुङ सेवा समाज अमेरिकाले (ब्लड ड्राईभ) रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । समाजका कोषाध्यक्ष शंकर पौडेलको नेतृत्वमा सम्पन्न भएको उक्त रक्तदान कार्यक्रममा ३४ जनाले रक्तदान गरेको संयोजक पौडेलले मकैहाउसलाई जानकारी गराएका छन् । र साथै यस् पबित्र काममा सहयोग पुर्याएका सम्पुर्णलाई धन्यबाद समेत ब्यक्त गरेका छन् ।

