
जमैका नेपाली समाजको समर पिकनिक कार्यक्रममा ग्य्राजुशन उत्सव र ट्यालेन्ट शो हुने
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । जमैका नेपाली समाज न्युयोर्कको सम्मर पिकनिक कार्यक्रममा ग्य्राजुएशन उत्सव र ट्यालेन्ट शो हुने भएको हो ।

न्युयोर्कको क्विन्स स्थित जमैकामा रहेका नेपालीहरुको संस्था जमैका नेपाली समाजको आगामी जुलाई १४ आईतबारका दिन हुने समर पिकनिक कार्यक्रममा बिधालयबाट ग्य्राजुएट भएका बिधार्थीहरुलाई सम्मानको साथै उत्सब र युवाहरुको ट्यालेन्ट शो कार्यक्रम हुने भएको समाजका अध्यक्ष कृष्ण आचार्यले मकै हाउसलाई जानकारी गराएका हुन् ।