Banner

अन्तराष्ट्रिय फोल्क महोत्सव २०२४, डाजिमा र पासांग डोल्माले होस्ट गर्ने, नेपालको तर्फबाट संगिता थापा मगरले प्रस्तुती दिदै

 

मकै हाउस टिभी एण्ड न्युज,

न्युयोर्क । न्युयोर्कको क्विन्समा हुने अन्तराष्ट्रिय फोल्क महोत्सब २०२४  युएसएमा डाजिमा शेर्पा र पासांग डोल्मा शेर्पाले संयुक्त रुपमा कार्यक्रम सचालन गर्ने भएकी छन् । भने नेपालको तर्फबाट सुपरिचित लोक तथा दोहोरी गायिका संगिता थापा मगरले प्रस्तुती दिने भएको हो । 

भोली जुलाई १४,२०२४ आईतबारका दिन न्युयोर्कको क्विन्स, ज्याक्सन हाईट्स स्थित डाईभर्सिटी प्लाजाको प्रांगणमा बिहानको १०ः०० बजेबाट रातीको ९ः३० बजे सम्म चल्ने अन्तराष्ट्रिय फोल्क (लोक) महोत्सब २०२४ यूएसए कार्यक्रममा चर्चित लोक तथा दोहोरी गायिका संगिता थापा मगरले नेपालको प्रतिनिधित्व गरी प्रस्तुती दिने भएको हो । भने नेपाललाई प्रतिनिधित्व गर्दै सामाजिक अभियन्ता डाजिमा शेर्पा र मिस मंगोल नेपाल २०२२ पासांग डोल्मा शेर्पाले संयुक्तरुपमा कार्यक्रम संचालन गर्ने भएकी छन् । 

बंगाली क्लब अमेरिकाको प्रमुख आयोजना र बिभिन्न संघ संस्था संगै गिरिजा प्रसाद कोईराला फाउन्डेशन अमेरिका च्याप्टरको सहकार्यमा नेपाल संगै अमेरिका, बंगलादेश, अजरबैजान, टर्की, थाईल्याण्ड, भारत, घाना, चाईना, उज्वेकिस्तान, ईंगल्याण्ड, गायाना, जापान, साउथ अफ्रिका र वेस्ट अफ्रिका गरी १५ देशका कलाकारले प्रस्तुती दिने भएको छ । 

Loading...