
मनोज बस्नेत अन्नपुर्ण मिडिया नेटवर्कको महाप्रबन्धकमा नियुक्त
मकै हाउस टिभी एण्ड न्युज,
न्युयोर्क । अन्नपूर्ण मिडिया नेटवर्कको व्यवस्थापनको निर्णयअनुरुप साउन २ गतेदेखि लागू हुनेगरी अन्नपूर्ण मिडिया नेटवर्कको महाप्रबन्धक पदमा मनोज बस्नेतलाई नियुक्त गरिएको छ ।
अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापा, ग्रुप सीईओ सनत न्यौपाने र प्रधान सम्पादक अखण्ड भण्डारीले एक कार्यक्रमको आयोजना गरी नवनियुक्त महाप्रबन्धक बस्नेतलाई स्वागत गरेका थिए।
नियुक्त भएका बस्नेत आबद्ध संस्था अन्नपुर्ण मिडिया नेटवर्क अन्तर्गत अन्नपूर्ण पोष्ट, राष्ट्रिय दैनिक, अन्नपूर्ण एक्सप्रेस, अन्नपूर्ण पोष्ट डटकम, एपी वान टेलिभिजन र रेडियो अन्नपूर्ण रहेका छन् ।

लगभग २ दशक अघि देखि मिडिया क्षेत्रमा कार्यरत बस्नेत कान्तिपुर मिडिया ग्रुप , अन्नपूर्ण पोष्टमा रिपोटिङ, प्रेस, रिजनल, मार्केटिङ, सेल्स र कर्पोरेटमा विभागीय प्रमुख भई काम गरेका अनुभव बटुलीसकेका बस्नेत पहिले जिल्ला संवाददाताको रुपमा रिर्पोटिङ मार्फत मिडिया उद्योगमा प्रवेश गरेका थिए ।
युथ युनेस्को क्लब यूएसए, पाइपा ग्लोबल फिलिपिन्स,अन्तराष्ट्रिय मिडिया संयोजक समेत रहेका बस्नेत अमेरिकन मार्केटिङ एसोसियसनका प्रोफेसनल सदस्य समेत हुन् ।
भारत र अमेरिकाका केही ठूला मिडिया हाउसको स्थलगत अवलोकन गरेका बस्नेत सँग हिमालय इसेन्स प्रा.लि.मा सेल्स कन्सल्टेन्ट भई काम गरेको अनुभव समेत छ । उनले युनेस्को युथ पिस एम्बेसडर अवार्ड र कोरोना योद्धा सेवा अवार्ड प्राप्त गरेका छन्।
राष्ट्रिय खानेपानी पत्रकारिता पुरस्कार,कान्तिपुर मिडिया ग्रुपबाट चियरम्यान एक्सिलेन्स अवार्ड,अन्नपूर्णबाट बेस्ट इम्प्लोइ अफ द एयरबाट समेत बस्नेत सम्मानित भएका थिए। पद बहाली गर्दै बस्नेतले समय सापेक्ष परिर्वतनलाई आत्मासाथ गर्दै मिडिया उद्योगलाई अगाडि लैजाने प्रयास गर्ने बताए।
कार्यक्रममा अन्नपूर्ण एक्सप्रेसका सम्पादक कमल देव भट्टराई, रेडियो अन्नपूर्णका समाचार प्रमुख भूपाल लुइँटेल,लेखा प्रमुख सुनिल पौडेल,मानव संशाधन प्रमुख इन्दु श्रेष्ठलगायत विभागीय प्रमुखहरू उपस्थित थिए।