Banner

मा. बिमला गौचनद्वारा अमेरिकामा बसोबास गर्ने म्याग्देलीहरुसँग भेटघाट तथा अन्तरकृया कार्यक्रम सम्पन्न ।

 

मकै हाउस सामुदायिक मीडिया, 

न्युयोर्क । संयुक्त राष्ट्रसंघको कार्यक्रममा सहभागी हुन अमेरिका आउनु भएकि माननीय बिमला गौचनको स्वागतमा म्याग्दी समाज न्युयोर्कले भेटघाट तथा अन्तरकृया कार्यक्रम सम्पन्न गरेको छ ।

गत जुलाई २२, सोमबार सॅाझ ८ः०० न्युयोर्कको क्विन्समा गण्डकी प्रदेशसभा सदस्य बिमला गौचनले अमेरिकामा बसोबास गर्ने म्याग्देलीहरुसँग भेटघाट र अन्र्तक्रिया गर्नुभएको हो । 

मा. गौचनसँग अमेरिकामा रहेका म्याग्देलीहरुले यहाका नेपाली र म्याग्देलीहरुको अवस्था, समस्याका साथै जिल्लाको बस्तु अवस्था, प्रवासी र सरकारी निकायको साझेदारीमा गर्न सकिने कार्यक्रमहरुको विषयमा छलफल गरेका थिए ।


म्याग्दी समाज न्युयोर्कका अध्यक्ष रमेश तुलाचनको अध्यक्षतामा भएको कार्यक्रममा सांसद गौचनले जिल्लाबासी र प्रवासीहरुको समस्यालाई नीतिगत रुपमा समाधानका लागि भूमिका खेल्ने बताउनुभयो । कार्यक्रममा सांसद गौचनलाई समाजको गतिबिधी समेटिएको स्मारिका हस्तान्तरण गरिएको थियो । समाजले गर्ने कार्यक्रम सफल बनाउन सहजिकरण र समन्वयका लागि सांसद गौचनलाई समाजका पदाधीकारीहरुले अनुरोध गर्नुभएको थियो ।

सहभागीहरुले दिगो विकास, शिक्षा, स्वास्थ्य, रोजगारी, खेलकुद जस्ता युवा लक्षित कार्यक्रममा रचनात्मक कार्यक्रममा भूमिका खेल्न सांसद गौचनलाई आग्रह गरेका थिए । सहभागीहरुले दिगो विकास, शिक्षा, स्वास्थ्य, रोजगारी, खेलकुद जस्ता युवा लक्षित कार्यक्रममा रचनात्मक कार्यक्रममा भूमिका खेल्न सांसद गौचनलाई आग्रह गरेका थिए । समाजका महासचिव चयन्द्रबहादुर थापा क्षेत्री (प्रकाश)ले सञ्चालन गर्नुभएको कार्यक्रममा बरिष्ठ सल्लाहकार मनप्रसाद रोकाले पनि मन्तब्य व्यक्त गर्नुभएको समाजका सदस्य रामचन्द्र सापकोटाले जानकारी दिनुभयो ।

 

Loading...