
मगर संघ अमेरिकाको ९ औॅ वार्षिक साधारण सभा न्युयोर्कमा , अन्तिम तयारी पुरा
मकै हाउस टिभी एण्ड न्युज,
मगर संघ अमेरीकाको ऐतिहासिक नवौं वार्षिक साधारण सभा साथै २० औॅ बार्षिकोत्सव २०२४ जुलाई २८ को दिन न्युयोर्कमा भब्य रुपमा मनाउन गइरहेको छ । अमेरिकाको बिभिन्न २० भन्दा बढी राज्यका मगरहरुको ऐतिहासिक भेला न्युयोर्कमा हुने भएको छ ।

२०२४ जुलाई २४ बुधबारको दिन न्युयोर्कको केन्द्रीय कार्यलयमा भएको अन्तिम तयारी बैठकमा अध्यक्ष याम पुन मगरले कार्यक्रमको अन्तिम रुप बारे सबैलाई जानकारी गराएको थियो । ऐतिहासिक ९ औं बार्षिक साधारण सभा ३ चरणमा र २० औं बार्षिकोत्सवको उपल्क्षयमा ” शुभकामना साँस्कृतिक साँझ २०२४ ” भब्य रुपमा मनाउने भएको छ । साधारण सभालाई समुदघाटन समारोह , बन्दसत्र र शैक्षिक अन्तरक्रिया कार्यक्रम गरेर ३ चरणमा समापन गर्ने अध्यक्ष पुन मगरले बताउनु भयो ।

त्यस्तै कार्यक्रममा विभिन्न ५ विधामा ८ जना मगर विद्यार्थीलाई छात्रवृत्ति पनि वितरण गर्दै छ । संघले अमेरिका भित्र वसोवास गर्ने मगरहरुको जनगणना सर्वेक्षण गरि सकेको र सर्वेक्षण घोषणा यहि साधारण सभामा प्रस्तुत गरिने भएको छ ।
मगर संघ अमेरिकाको ऐतिहासिक २० बर्ष पुरा भएको उपल्क्षमा २० औं बर्षिकोत्सव मगरहरुको बिभिन्न मौलिक कला सस्कृतिको प्रदर्शन सहित ” शुभकामना साँस्कृतिक साँझ २०२४ ” हुने छ । जस्मा मगरहरुको मौलिक भुमे नाच , यानिमाया , सिरफुल , कौराह , सालैजो लगायत मगर संघ अमेरिका संग आवद्व च्याप्टरहरुको प्रस्तुति रहनेछ । यसैगरि बहु-चर्चित गायक जगदिश समाल मगर , चर्चित लोक तथा दोहोरी गायिका संगिता थापा मगर , आशा पुन मगर , राजेश थापा मगर र दिलिप श्रीष मगरको सांगेतिक प्रस्तुति रहनेछ ।

२० औं बार्षिकोत्सवको समारोहमा मगर संघ अमेरिकाको बिगत देखि बर्तमान सबै समेटेर ”मगर संघ अमेरिका २० बर्ष ( बिगतलाई हेर्दा ……) पुस्तक बिमोचन गरिनेछ र मगर संघ अमेरिका स्थापना गर्न अग्रहनिय भुमिका खेल्नु हुने संस्थापक टिमलाई बिशेष सम्मान गरिने भएको छ । नेपालको पहिलो संबिधान सभाका सभासद , जेष्ठ नागरिक तथा अग्रज मगर अभियान्ता पुर्ण बहादुर राना मगर अनि नेपाल आदिवासी जनजाति महासंघ अमेरिका संग आवद्व न्युयोर्कमा क्रियासिल बिभिन्न जातिय संस्थाहरुको आतिथ्यमा कार्यक्रम सम्पन्न हुने जानकारी गरिएको छ ।