
ओलम्पिकको कड़ा प्रतिस्पर्धामा पराजित भएपछि उनले भनिन मेरो पेटमा सात महिनाको बच्चा छ ।
मकै हाउस सामुदायिक मिडिया,
काठमाडौं। इजिप्टकी फेन्सर नाडा हाफेजले पेरिस ओलम्पिकमा सात महिनाकी गर्भवती हुँदा प्रतिस्पर्धा गरेको खुलासा गरेकी छन्।
सोमबार महिलातर्फको अन्तिम १६ मा पराजित भएको केही घण्टापछि उनले उक्त कुरा इन्स्टाग्राममा लेखेकी हुन्। कायरोकी २६ वर्षीया फेन्सरले एनसीएएकी पूर्वविजेता अमेरिकाकी एलिजाबेथ तार्ताभ्स्कीलाई १५-१३ ले पराजित गरेकी थिइन्। यद्यपि, अर्को राउन्डमा उनी दक्षिण कोरियाकी जियोन हायोङसँग १५-७ ले पराजित भइन्।

चिकित्साशास्त्रमा डिग्री हासिल गरेकी पूर्वजिम्नास्ट हाफेज तीन पटकका ओलम्पियन हुन्। उनले यसअघि सन् २०१६ मा रियो र सन् २०२१ मा टोकियो ओलम्पिकमा अत्यधिक माग भएको सेबरमा प्रतिस्पर्धा गरेकी थिइन्।
सन् २०१९ को अफ्रिकी खेलकुदमा व्यक्तिगत र टिम सेबर इभेन्टमा उनले स्वर्ण पदक जितेकी थिइन्। ‘पोडियममा तपाई दुई जना खेलाडी देखिन सक्छन्, तर वास्तवमा त्यहाँ तीन जना थिए। म, मेरो प्रतिस्पर्धी र मेरो यो संसारमा आउन बाँकी रहेको सानो बच्चा। यस पटक सानो लिटिल ओलम्पियनलाई बोकेर खेल्नु केही फरक थियो’, उनले लेखेकी छन्।
स्रोत (CP) : खेलपाटी
नोट :- यो समाचार महिलाहरुको उत्प्रेणाको निमित्त सम्प्रेषण गरिएको हो ।