Banner

“क्रिकेट” – कृसु क्षेत्री

 

मकै हाउस सामुदायिक मिडिया, 

क्रिकेट

तिमी र म क्रिकेट खेल्न
मैदानमा उत्रिएको दिन

टस जितेर, मैले ब्याटिङ रोजेँ
तिमीले फिल्डिङ, 

तिमी वार्म अप हुँदै गर्दा
मैले नै गरेको हुँ …, ओपेनिङ

 

मैले ब्याटमा अलिकति क्रिम दलेँ
र चिल्लो बनाएँ, 

कहिले क्रिजतर्फ
कहिले आकाशतर्फ
कहिले लेफ्टतर्फ त कहिले राइटतर्फ फर्काएर
गरिरहेँ ब्याटिङ…, 

कहिले चौका हानें त कहिले छक्का
कहिले असिनपसिन दगुरेर
थपिरहेँ रनमाथि रन… 

तिमीले यदाकदा गर्यौ
फास्ट बलिङ
अनि स्पिन बलिङ

बल क्याच गर्न
असिनपसिन हुँदै
दौडिरह्यौ यताउता… 

बेलाबेला
मेरो बल समात्न
विकेट किपर भएर पर्खिबस्यौ

शतक पूरा नहुँदै
तिमीबाट बोल्ड आउट भएँ म
र क्रिजबाट फर्किएँ पेभिलियनमा

हाम्रो अनुहारमा
उस्तै खुसी झल्केको थियो
तिमीले विकेट लिँदा
र म आउट हुँदा

हो त्यही दिन
अर्थात् बिहाकै पहिलो दिनदेखि
हामीले खेल्न सुरु गरेका थियौँ
टेस्ट म्याच सिरिज ।

कृसु क्षेत्री

Loading...