Banner

३० औं विश्व आदिवासी दिवसको अवसरमा न्युयोर्कमा आदिवासी मूलवासी गीत सार्वजनिक (भिडियो सहित)

 

मकै हाउस सामुदायिक मिडिया, 

न्युयोर्क । ३० औं विश्व आदिवासी दिवसको अवसरमा न्युयोर्कको क्विन्स स्थित ज्याक्सन हाईट्समा आदिवासी मूलवासी गीत सार्वजनिक भएको छ।

गत अगस्ट ९, शुक्रबार सॅाझ क्विन्स, ज्याक्सन हाईट्समा  “आदिवासी जुर्मुराउँदा “बोलको गीत विश्व आदिवासी दिवसलाई अवसर बनाई ममता राई इन्टरटेन्मेन्ट युट्युब च्यानलबाट सार्वजनिक भएको हो ।

उक्त भिडियो स्टुडियो किङमा सोहि गीतका गायक राई इज किङ राजेश पायल राई र गायिका सुनीता थेगिमको लिपसिङमा स्टुडियो किङमा खिचिएको छ । यस गीत मूलवासी-आदिवासीहरुको योगदान र अतुलनीय विविध संस्कार, संस्कृतिले हाम्रो देशको शिर उच्च राखेको र जुनसुकै भूमी र राष्ट्रमा पुगेर पनि आदिवासी मुलबासीहरु जम्छन् साथैमा आफ्नो पहिचान र संस्कृति लिएर सोही ठाउँलाई पनि मोहित र रंगिन तुल्याउँछन्।

 

आदिवासी, मूलवासीहरु जुर्मुराए, एकतावद्ध भए विश्व सारा हाँस्छ र हसाउने क्षमता रहेको र जुन पहिचान र संस्कार हाम्रो पिता पुर्खाहरुले रचेर गए यो हामी भावी पुस्तालाई सिकाउनु पर्छ र सिकाउदै लगे पितृ र पुर्खाहरुबाट आसिर्बाद को वर्षा पाउने आदि कुराहरु गीतकार ममता खालिङ राईले दर्साउन खोजेको पाइन्छ।

लामो समयदेखि अमेरिका बस्दै आएकी गीतकार ममता खालिङ राईले लेखेको ‘आदिवासी जुर्मुराउँदा ’ बोलको गीतको स्टुडियो भिडियो शुक्रबार अगस्ट ९ सार्वजनिक भएको हो । उक्त गितको संगीत पवन बान्तावा राई र एरेन्जमेनट मनोज साङसोन राईले गरेको उक्त गीतकै गितकार ममता राई ले बताए।

उक्त गित लाई अनौपचारिक जमघटको बिचमा अमेरीकाको एल्महर्स्ट मा रहेको साउन्ड स्टुडियोमा भएको हो । जुन अनौपचारिक नै भए पनी आदिवासी जनजाती महासंघ अमेरीकाका अध्यक्ष तोरण गुरुङ लगायत सोही संस्थाका कोषाध्यक्ष कृष्णमाया महर्जन ,सचिव शान्ती गुरुङ र युक्रा केन्द्रिय उपाध्याय केशव राम राई केन्द्रीय बोर्ड सदस्या गरच किरात लगायत युक्रा न्युयोर्क चाप्टर परीवार का केही सदस्यहरु र कल्चर कोर्डिनेटर रोसन राई र गायीका तथा मोडल यासोदा खालिङ राई ,गायक दुर्गा बहादुर बान्तवा राई र हेल्लो अमेरीकाका इडिटर र फ़ोटोग्राफ़र सम्राट कार्की समेतको उपस्थितिमा सार्वजनिक गरिएको हो ।

Loading...