Banner

“अब नाच्छ न्युयोर्क” ज्योती, शान्ति श्री, रचना र करिश्माले न्युयोर्क नचाउदै

 

मकै हाउस सामुदायिक मिडिया, 

न्युयोर्क । “अब नाच्छ न्युयोर्क” मा गायिका ज्योती मगर, शान्ति श्री परियार, रचना रिमाल र मोडल करिश्मा ढकालले न्युयोर्क नचाउने भएको छ । 

फ्लाई नेपाको संयोजन र वन प्रोडक्सनको आयोजनामा आगामी अगस्ट १७, शनिबार सॅाझ न्युयोर्कको क्विन्स स्थित मेलरोज बलरुमको हलमा नेपालका ख्यातिप्राप्त गायिकाहरु र मोडलले न्युयोर्क आफ्नो जादुमयी स्वरमा नचाउने भएको छ । 

गायिकाद्वय ज्योती मगर, शान्ति श्री परियार, रचना रिमाल र मोडल करिश्मा ढकालले न्युयोर्क नचाउने भएको हो । नेपालबाट आएका कलाकारद्वय संगै गायक दिलिप श्रीष मगरले कार्यक्रमको होस्ट गर्ने भएको हो भने सांगितिक माहौल पश्चात डिजे एलएक्स (जांग्बु)ले माहौल तताउने छ । 

 

Loading...