
न्युयोर्कमा हुने “नेपथ्य ऐतिहासिक सॅाझ”को ६०% टिकट बिक्री, १६ बर्ष भन्दा मुनिकालाई निशुल्क प्रबेश
मकै हाउस सामुदायिक मिडिया,
न्युयोर्क । न्युयोर्कको म्यानह्याट्टन स्थित टर्मिनल ५, भेन्यु जस्को ३ हजार क्षमता रहेको छ भने हाल सम्म ६०% टिकट बिक्री भैसकेको छ ।
गत अगस्ट १८ आईतबार साझ क्विन्स स्थित हिमालयन याक रेष्टुरेण्टमा भएको दोस्रो चरणको पत्रकार सम्मेलन कार्यक्रममा आयोजकले आगामी कार्यक्रमको योजना बारे बताउदै ६०% टिकट बिक्री भैसकेको जानकारी गराएका हुन् ।

आगामी अगस्ट ३० शुक्रबार सॅाझ न्युयोर्कको म्यानह्याट्टन स्थित टर्मिनल ५, भेन्यूमा हुने नेपालको एक मात्र ऐतिहासिक ब्याण्ड नेपथ्य ब्याण्डको “नेपथ्य ~ ऐतिहासिक सॅाझ” बारे दोस्रो चरणको पत्रकार सम्मेलन गर्दै कार्यक्रमबारे बिस्तृतरुपमा जानकारी गराएका हुन् ।

आयोजकद्वय ईसेन्स स्माईल्सकी संचालिका डा. सुलोचना गुरुंग र याक प्रोडक्सनकी संस्थापक सोमो डसेलले कार्यक्रमबारे जानकारी गराउदै ३ हजार दर्शकको क्षमता भएको हलको हालसम्म ६०% टिकट बिक्री भैसकेको जानकारी गराउदै १६ भन्दा मुनिकालाई निशुल्क प्रबेश हुने समेत जानकारी गराएका हुन् ।

कन्सर्टमा नेपाली खानाको पनि परिकार रहने भएकोले स्वादिष्ट नेपाली खानाको लागी बाजेको सेकुवाले ब्यवस्थापनको जिम्मा लिदै खाना सशुल्क सेवा प्रदान गर्ने भएको छ ।
