
“डोनेट टु जस्टिस फर ममता : हेल्प हर डटर थ्राईब” गोफण्डमी क्याम्पियन मार्फत २ लाख डलर संकलन
मकै हाउस सामुदायिक मिडिया,
न्युयोर्क । ममता काफ्ले भट्टको अप्रिय घटना पश्चात एक्ली बनेकी १० महिने नाबालिकाको सहयोगार्थ गोफण्डमी मार्फत २ लाख डलर संकलन भएको छ ।
सरिता न्योपानेले सुरुवात गरेको “डोनेट टु जस्टिस फर ममता : हेल्प हर डटर थ्राईब” गोफण्डमी क्याम्पियन अन्तर्गत ममताकी १० महिने नाबालिका छोरीको पालन पोषण सहयोगार्थ सुरुवात गरेको कोष संकलन कार्यक्रम मार्फत आज अगस्ट २५, साझ ८ः०० बजे सम्म २ लाख डलर संकलन भएको हो । र अहिलेको समय अनुसार $२०११७२ संकलन भएको छ ।
गोफण्डमी मार्फत सहयोग संकलन गर्दा १ लाख डलरको टार्गेट बनाईएको थियो ।
तपाई पनि यस् पबित्र कार्यमा सहभागी हुन चाहनुहुन्छ भने तलको लिंक मार्फत सहयोग गर्नसक्नुहुनेछ ।
https://gofund.me/7f27666d
