
सुदूरपश्चिम समाज अमेरिकाको आयोजनामा न्यूयोर्कमा गौरा पर्व सम्पन्न ।
मकै हाउस सामुदायिक मिडिया, बिर घर्ती मगर
न्यूयोर्कमा सुदूरपश्चिम समाज अमेरिकाको आयोजनामा गरिएको गौरा पर्व सम्पन्न भएको छ। सो अवसरमा न्यूयोर्कमा बस्ने सुदूरपश्चिमेलीले आईतवार धुमधामका साथ गौरा पर्व मनाएका छन् ।

प्रमुख अतिथि सुदुर पश्चिम बुद्धिजीवी संघका अध्यक्ष तथा सुदुर पश्चिम प्रदेशका भुतपूर्व गृहमन्त्री डा.रण बहादुर रावलले गौरा पर्वको उद्घाटन गरेका थिए। रावलले कार्यक्रममा बोल्दै “भाषा, साहित्य, कला र संस्कृतिको संरक्षण गर्नु हाम्रो दायित्व हो, प्रवासमा रहेर गौरा पर्वको परम्परा, संस्कृती संरक्षणका लागि अमेरिका सुदुरपश्चिम समाजले गरेको योगदानको कदर गर्दै सबैलाई शुभकामना ब्यक्त गर्नुभयो ।

त्यसका साथै सुदूरपश्चिम समाज अमेरिकाका अध्यक्ष तथा सभापति दानसिङ विष्ट र समाजका
उपाध्यक्ष तथा कला र सांस्कृतिक संयोजक रैभान महराले आफ्नो मन्तव्य राख्दै गौरा पर्वको सबैलाई शुभकामना दिनुभएको थियो ।
सुदूरपश्चिम समाज अमेरिकाका महासचिव हरि दत्त जोशिले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने समाजका सचिब गणेश बिष्टले स्वागत मन्तब्य राखेका थिए । उक्त कार्यक्रममा समाजसेवी, पत्रकारहरू र समाजिक अभियन्ताका लागि काम गर्ने व्यक्तिहरु लगायत स्थानीयहरूको सहभागिता रहेको थियो ।

अमेरिकाको न्यूयोर्कमा बस्ने सुदूरपश्चिमेलीहरुले ज्याक्सन हाईटको सत्यनारायण मन्दिरमा गौरा सम्बन्धी विभिन्न देउडा गीतमा, चैत, धुमारी, स्थानीय सहितका खेल खेलेर यो पर्व मनाएका थिए । सुदूरपश्चिममा गौरा पर्वलाई आफन्तसँग भेटघाट गर्ने समय सहित एकताको पर्वका रुपमा पनि लिइन्छ।
