
न्युयोर्कमा छ महिनाको बालकले बेलुन खाँदा ज्यान गुमाएका छन् ।
मकै हाउस सामुदायिक मिडिया, बिर घर्ती मगर
न्यूयोर्क । घरमा खेल्न दिएको बेलुनको कारण छ महिनाको बालकले झुक्किएर बेलुन खाँदा आफ्नो ज्यान गुमाउन पुगेका छन । यो घट्ना न्युयोर्कको क्वीसमा बस्दै आउनुभएका बुद्दिराम घर्ती मगर र बिध्या मल्ल घर्ती मगरका छोरा सिरिएन्स घर्ती मगरले अल्पायुमै ६ महिनाको उमेरमा ज्यान गुमाउन पुगेका हुन् ।
बेलुन खाएको थाहा पाएपछि क्वीसको एल्मर्स्ट हस्पिटलमा पुगेको २० मिनट पछि उपचारको क्रममा डाक्टरहरूले बालकको मृत्यु भएको घोषणा गरेका थिए ।
बाके जिल्ला,वडा नं – १९ नेपालगन्ज उप – महानगरपालीका घर भएका दुई बर्ष अघि डिभी परेर अमेरिका आएका दम्पतीको परिवारलाई यस्तो घट्नाले गर्दा विछुप्त र मर्माहत बनाएको छ ।
अगस्ट २३ को दिन हस्पिटलमा ज्यान गुमाएका बालकको आफ्नो रिती, मगर संस्कार अनुसार ५ दिन पछि मगर संघ अमेरिकाको सहयोगमा दाहसंस्कार गरिएको हो भने घर्ती मगरको परिवारलाई दाहसंस्कारको लागी मगर संघ अमेरिकाले आर्थिक सहयोग रकम जुटाएको नेपाल मगर संघ अमेरीका न्यूयोर्क च्याप्टरका अध्यक्ष अमृत रोका मगरले बताउनुभयो ।
दाहसंस्कार कार्यक्रममा मृतक प्रती एक मिनेटको मौन धारण गरी दुखद घडिमा मृत आत्माको चिर शान्तीको कामना गर्दै मृतक र परिवार प्रति हार्दिक समवेदना प्रकट गर्दै दाहसंस्कार पछि कार्यक्रम सम्पन्न गरिएको थियो ।