Banner

तिजको रिललाइ प्रणाम रेष्टुरेण्ट, न्यूयोर्कले पुरस्कृत गर्ने

 

न्युयोर्क । देश विदेशमा नेपाली महिलाहरुको मुख्य चाड तिज भर्खरै सकिएको छ । तिजको रहर आयो बरि लै भन्दै विभिन्न लोक तथा आधुनिक गित सँगितमा नृत्य नगर्ने र रिल नबनाउने प्राय कमै होलान । तिनै रिलहरु मध्य उत्कृष्ठ ठहरिएको रिल लाई हौसला स्वरुप एक सय डलर तथा आकर्षक पुरस्कार प्रदान गर्ने जमर्को न्यूयोर्क अस्टोरियामा सँचालिन नेपाली रेष्टुरेण्ट प्रणाम ले गरेको छ ।

रेष्टुरेष्टको सामाजिक सँजालमा प्रकाशित भिडियोलाई प्राप्त भएको लाइक र सेयर को आधारमा विजेता ठहर गरी नगद पुरस्कार प्रदान गनेै प्रवन्ध निर्देशक मोहन विष्टले बताएका छन ।

रिल भिडियोहरु सेप्टेम्वर महिना भरी पठाउन सकिने र अक्टोवर महिना भरी प्रतियोगीतामा समावेस गरी आगामी भाई टिकामा जिवेतालाई नगद तथा पुरस्कारहरु पठाउने व्यवस्था गरिने छ । नेपाली महिलाहरुको सम्मानमा यो कार्यक्रम आयोजना गरिएको निर्देशक ले बताएका छन ।

प्रणामा रेष्टुरेण्ट न्यूयोर्क को अस्टोरिया मा सँचालित छ । नेपाली, इन्डियन, इन्डो चाइनिज र फुल बार को साथमा पार्टिको लागी व्याकयाड तथा बेसमेन्ट मा समेट स्थान उपलव्ध छ ।

 

 

Loading...