
सुरक्षाको कारण देखाउदै प्रधानमन्त्री केपी वली र आरजु राणाको न्युयोर्कमा आज हुने कार्यक्रम अन्तिम समयमा स्थगित
मकै हाउस सामुदायिक मिडिया,
न्युयोर्क । प्रधानमन्त्री केपी शर्मा वली र परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाको न्युयोर्कको क्विन्समा हुने भनिएको कार्यक्रम सुरक्षाको कारण देखाउदै अन्तिम समयमा आएर स्थगित भएको छ ।

न्युयोर्क स्थित नेपाली महाबाणिज्य दुतावासको कार्यालयले एक बिज्ञप्ती जारी गर्दै महावाणिज्य दुतावासको कार्यालय, नेपाली जनसम्पर्क समिती, प्रवासि नेपाली मंच, नेपाली आदिवासी जनजाती महासंघ, मधेशी एसोसिएसन ईन अमेरिका, गैर आवासिय नेपाली संघ, न्युयोर्क च्याप्टरको संयुक्त आयोजनामा न्युयोर्कको क्विन्स स्थित गुल्सन टेरेस हलमा सॅाझ ५ः३० बजे हुने भनिएको कार्यक्रम सुरक्षा संवेदनशिलता र संयुक्त राष्ट्र संघको महासभा “Summit of the Future” तथा अन्य साइडलाइन मिटिङ्गहरुमा व्यस्त रहनु परेको कारण देखाउदै अकस्मात कार्यक्रम स्थगित गरिएको बिज्ञप्तीमा उल्लेख गरेको छ ।
