Banner

नेवा गुठी न्युयोर्क द्वारा उप-मेयर सुनिता डंगोलसंगको “मिट एण्ड ग्रिट” कार्यक्रम सम्पन्न

 

मकै हाउस सामुदायिक मिडिया, 

न्युयोर्क । नेवा गुठी न्युयोर्क द्वारा काठमाण्डौ महानगरपालिकाकी उप-मेयर सुनिता डंगोलसंगको “मिट एण्ड ग्रिट” कार्यक्रम सम्पन्न गरेको छ । 

गत सेप्टेम्बर २५,२०२४ बुधबार सॅाझ न्युयोर्कको क्विन्स स्थित वुडसाईड क्याफेमा नेवा गुठी न्युयोर्कले काठमाण्डौ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोल संगको “मिट एण्ड ग्रिट” कार्यक्रम सम्पन्न गरेको हो । 

नेवा गुठी न्युयोर्कका अध्यक्ष बिजय मान सिंहको अध्यक्षता र कामनपाकी उप-प्रमुख सुनिता डंगोलको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा गुठी न्युयोर्कका अधिकांश पदाधिकारीहरु, नेवा समुदायका सामाजिक अगुवा, ब्यवसायी र संचारकर्मीहरुको उपस्थिती रहेको कार्यक्रम बिशेष गरी नेवा समुदाय केन्द्रित रहेकोले नेवारी भाषामै सुरुवात भई सम्पन्न भएको थियो । 

कार्यक्रममा उपप्रमुख डंगोललाई “Certificate of Appreciation” ले सम्मान समेत गरेको थियो । भने कार्यक्रममा उपस्थितहरुले गरेको प्रश्नको उत्तर डंगोलले सहज र आत्मबिश्वासका साथ दिएका थिए । उहॅाले दिनुभएको प्रश्नको उत्तरमा सहभागीहरुले हर्षोल्लासका साथ तालि बजाएर साथ दिएका थिए भने । कार्यक्रममा आफ्नो मन्तब्य राख्ने क्रममा उपमेयर डंगोलले : “काठमाण्डौ नहानगरपालिकामा आफु रहेको पदमा रहि काम गर्न सहज नभएको र चुनौति पुर्ण रहेको भन्दै तर समाज र राष्ट्र बिकासमा आफ्नो योग्यता, क्षमता र बुद्धीले भ्याए सम्म राष्ट्र पहिले भन्ने मान्यतालाई अगाडी राख्दै सतप्रतिसत काम गर्नेछु” भन्ने बचन पनि ब्यक्त गर्नु भएको थियो । 

 

 

Loading...