Banner

प्रधानमन्त्री के.पी.शर्मा वलीलाई मिथिला सेन्टर अमेरिकाको ज्ञापन पत्र -रामजानकी मंदिर लाई विश्वसम्पदा सूचीमा दर्ता गराउन पहल

मकै हाउस सामुदायिक मिडिया, 

न्युयोर्क । प्रधानमन्त्री के.पी.शर्मा वलीलाई मिथिला सेन्टर अमेरिकाले ज्ञापन पत्र बुझाएको छ । रामजानकी मंदिर लाई UNESCO को विश्वसम्पदा सूचीमा दर्ता गराउन आवश्यक पहल गरी दिन अनुरोध समेत गरेका छन्। 

गत सेप्टेम्बर २५, सॅाझ १०ः०० बजे प्रधानमन्त्री केपी वली बसिरहेको न्युयोर्कको म्यानह्याट्टन स्थित ह्यात होटलमा पुगी मिथिला सेन्टर अमेरिकाका संस्थापक अध्यक्ष अमित प्रताप साहले प्रधानमन्त्री समक्ष रामजानकी मंदिर लाई UNESCO को विश्वसम्पदा सूचीमा दर्ता गराउन आवश्यक पहल गरी दिन हुन बिशेष अनुरोध सहित ज्ञापन पत्र पेश गरेका थिए । 

प्रधानमन्त्री भेटघाट र ज्ञापन पत्र बुझाउन मिथिला सेन्टर अमेरिकाका अन्य पदाधिकारीहरुको उपस्थिती रहेता पनि सुरक्षा संवेदनशिलताका कारण संस्थापक अध्यक्ष साहले मात्र भेट गरी ज्ञापन पत्र बुझाएका थिए । 

 

Loading...