Banner

ग़ैर आवासीय नेपाली संघ, अमेरिका, न्युयोर्क च्याप्टर द्वारा प्रधानमंत्री केपी शर्मा वलीलाई ज्ञापन पत्र, वंशजकै नागरिकता निरन्तरताको माग

 

मकै हाउस सामुदायिक मिडिया, 

न्युयोर्क । ग़ैर आवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद, अमेरिका, न्युयोर्क च्याप्टरद्वारा प्रधानमंत्री केपी शर्मा वलीलाई ज्ञापन पत्र बुझाएको छ । 

गत सेप्टेम्बर २५, सॅाझ १०ः०० बजे प्रधानमन्त्री केपी वली बसिरहेको न्युयोर्कको म्यानह्याट्टन स्थित ह्यात होटलमा पुगी ग़ैर आवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद, अमेरिका, न्युयोर्क च्याप्टरका महिला उपाध्यक्ष लक्ष्मी थापा, बोर्ड सदस्य बिशाल रेग्मी र गोपी ढुंगानाले संयुक्तरुपमा प्रधानमन्त्री वलीलाई ज्ञापन पत्र बुझाएका हुन् । 

प्रधानमंत्री समक्ष ज्ञापन पत्र बुझाउदै गर्दा ग़ैर आवासीय नेपालीहरुको नागरिकता बंशजकै आधारमा निरन्तरता होस् भनि बिशेष मागका साथ ज्ञापन पत्र बुझाईएको च्याप्टरकी महिला उपाध्यक्ष लक्ष्मी थापाले मकै हाउस सामुदायिक मिडियालाई जानकारी दिएका हुन् । 

 

 

Loading...