
लायन्स क्लब न्युयोर्कद्वारा कामनपा उपप्रमुख सुनिता डंगोल सम्मानित
मकै हाउस सामुदायिक मिडिया,
न्युयोर्क । न्युयोर्कमा नेपालीले नेतृत्व गरेको २ वटा लायन्स क्लबले संयुक्त रुपमा काठमाण्डौ महानगरपालिकाकी उप-मेयर सुनिता डंगोललाई सम्मान गरेको छ ।

न्युयोर्कको क्विन्स स्थित बाजेको सेकुवाको हलमा क्विन्स केटिएम लायन्स क्लब र क्विन्स बुद्ध लायन्स क्लबको संयुक्त आयोजनामा काठमाण्डौ महानगरपालिकाकी उप-मेयर सुनिता डंगोललाई सम्मान पत्र सहित सम्मान गरेको हो ।
क्विन्स बुद्ध लायन्स क्लबको तर्फबाट अध्यक्ष लायन चन्द्र नेपाली, प्रथम उपाध्यक्ष बुद्ध पौडेल, उपाध्यक्ष सांग दोर्जी शेर्पा, लियो योंगसन गौडेल, पुर्ब जोन चेयर तथा पुर्ब अध्यक्ष लायन अर्जुन गौडेलको धर्म पत्नी जेन्नी गौडेल र पुर्ब जोन चेयर तथा पुर्ब अध्यक्ष लायन बिक्की पुलामी उपस्थिती भएका थिए ।

भने क्विन्स केटिएम लायन्स क्लबको तर्फबाट अध्यक्ष तथा जोन चेयर लायन रश्मी श्रेष्ठ, सचिब लायन करुणा श्रेष्ठ, कोषाध्यक्ष लायन अरुणा तामांग, क्लब डाईरेक्टर लायन निक्की गौचन, क्लब सह-डाईरेक्टर लायन निक्की गौचन, क्लब सर्भिस चेयरपर्सन लायन निशा बुढा, र क्लब तेमर लायन बिष्णु तामांग उपस्थिती भएका थिए ।

र अन्यमा महिला अभियन्ता समी थापा, पत्रकार बिर घर्ती मगर, मकै हाउसका सह-संस्थापक सामाजिक अभियन्ता सबिन चन्द र युबा अभियन्ता उपस्थिती भएका थिए ।
सम्मान पश्चात कामनपा उप-प्रमुख डंगोल अक्टोबर ६,२०२४ बिहानको कतार एयरको जहाजबाट नेपाल फिर्ती भएको हो ।