
आईएमए निहोन कराते डोजोलाई १४ पदक
मकै हाउस सामुदायिक मिडिया,
न्यूयोर्क । बक्स्टर कराते डोको आयोज़नामा हालै “न्यू-योर्क ओपन कराते च्याम्पियनशिन” सम्पन्न भएको छ । आईएमए निहोन कराते डोजोले १४ पदक जितेको छ ।
गत अक्टोबर १३, २०२४ आइतबारका दिन न्युयोर्कको योंकर्स स्थित लिंकन हाईस्कूलको जिम्नेजियम (gym Hall ) हलमा बक्स्टर कराते डोजोले वार्षिक रूपमा आयोजना गर्ने यस प्रतियोगितमा ३८० भन्दा बढि बिभिन्न तौल (उमेर) सुमहमा खेलाडीहरूले सहभागिता जनाएका थिए ।

उक्त प्रतियोगितामा आईएमए निहोन कराते डोजोका तर्फबाट बिभिन्न तौल (उमेर) समुहमा १३ जना खेलाड़ीहरुले सहभागिता जनाएका थिए । जसमध्ये ५ स्वर्ण, २ रजत र ७ कास्य पदक गरि जम्मा १४ पदक हाशिल गर्नसफल भएका हो ।

बिभिन्न उमेर समुहमा भाग लिएका खेलाडीहरुमध्ये लोजिना नेम्बांग र झोउ डोंगले काता तथा कुमिते दुबै बिधामा स्वर्ण पदक जितेकी हुन् भने इजिता मल्लले कातामा १ स्वर्ण हासिल गरेका छन । पल्सी गुर्माचन र जांगमू तामांगंले कुमिते र कातामा क्रमश रजत र काश्य पदक जीतेका छन् भने रेयाना गोसालाले पनि काता र कुमिते दुबैमा काश्य पदक प्राप्त गरेका छन । मिनातो ओशिमाले कातामा काश्य पदक जीते भने व्यक्तिगत कुमितेंमा शावन शेरपूंज़ा मगर र एडीन सिरिकोविकले काश्य पदक जितेका छन ।

प्रतियोगिता बिहान ९:०० बजेबाट सुरु भई सॅाझ ६:०० बजे सम्पन्न भएको हो । ६ वटा तातामीमां ३० जना राष्ट्रीय तथा अंतर्राष्ट्रीय रेफ्रीहरुको संयुक्तमा जुरीटोलीले प्रतियोगिता संपन्न गरेको हो । उक्त प्रतियोगितामा रेफ्री तथा जजमा अन्तरास्ट्रीय रेफ्री शान्त थोकर र कोचमा समीर थोकर , मेलिन हुई र यूसेई ओशिमा रहेका थिए ।