Banner

३ सय ५४ घरधुरीलाई खाद्यान्न राहत सामग्री वितरण

असोज ३०, काठमाडौँ । बाढी पहिरो प्रभावित जिल्ला काभ्रेको रोशी गाउँपालिका वडा नं. ३ का ३ सय ५४ घरधुरीलाई खाद्यान्न राहत सामग्री वितरण गरेको छ ।

झेंग कुओ मन्दिर ताइवानको सहयोगमा सुखी नेपाली अभियानले चामल, दाल, तेल लगायत खाद्यान्न सामग्री वितरण गरेका हुन् । गत असोज १२ गते आएको बाढी र पहिरोले घर तथा बाटो लगायत थुप्रै संरचना भत्काएपछि त्यस क्षेत्रका बासिन्दाहरू मारमा परेका छन् । बाटो, बत्ति र खानेपानीको अभावमा जीवन चलाउन बाध्य त्यस वडाबासीलाई आफ्नो खेतबारीमा पाकेको अन्नाबाली समेत सबै पहिरो र बाढीले बगाएपछि राहतको पखाईमा थिए ।

मसरङ्गी, भण्डारे, मजुवा, भदौरे, किम्भे, साँझाकोट, छाप, फेटटार, मकुटार, सिहाले, बकुल्टार, शिखर, फोइ लगायतका विपन्न तथा बाढी पहिरो प्रभावित घरपरिवारलाई राहत वितरण गरेका हुन् । ताइवानी सहयोगीदाताहरू छाङ याङ सिफु, ज्यास्मिन र खेन्पो सहित खुशी नेपालका प्रतिनिधिहरू विकास महर्जन, लाप्साङ पाख्रिन तामाङ, स्थानीय समाजसेवी कुमार लामा (च्यामा), पत्रकार भीम लामा, रोशी वडा नं. ३ का वडा सदस्यहरू सीता लामा, सीता वि.क., गणेशबहादुर मोक्तान, खहरे प्रहरी चौकीका इन्र्चाज अमित यादव, पूर्णमान लामाको उपस्थितिमा राहत वितरण गरेका थिए ।

Loading...