Banner

रोशीका बाढीपीडित परिवारलाई प्रवासी युवाहरूले गरे आर्थिक सहयोग

कार्तिक ३, काठमाडौं । वैदेशिक रोजगारको शिलशिलामा प्रवासमा रहेका नेपालीहरुले बाढिपहिरो पीडित परिवारलाई आर्थिक सहयोग गरेका छन।

गत असोज ११ गतेखि तीन दिनसम्म  निरन्तर परेको बर्षातको कारण  र पहिरोले ग्रस्त काभ्रेको रोशी गाउँपालिका वडा नम्बर १ देखि ३ सम्मका १ सय एक घरधुरीलाई राहत स्वरुप नगद सहयोग प्रदान गरिएको छ । वैदेशिक रोजगारमा कतारमा रहेका तिर्थ तामाङ थिङको विशेष सक्रियतामा राहत संकलन अभियानका संयोजक पूर्ण सिंह लोप्चन, कोषाध्यक्ष संगम राउत, सदस्य तिर्थ थिङ, सम्से तामाङ, भिम मम्बा तामाङ, मिम लोप्चन, एमडी बल तामाङ लगायतको प्रत्यक्ष सक्रियतामा संकलित रु  ३ लाख १४ हजार ८ सय ४० रुपिया रकम वितरण गरेको तिर्थ थिङ तामाङले जानकारी दिए ।

पहिरो र बाढीका कारण धनजनको क्षति हुनुको साथै खानेपानी, बिजुली, सडक, बाटो सबै संरचना बगाएर लगेपछि पिडामा परेका  परिवारलाई केही मलमपट्टि लगाउने उद्देश्यले राहत वितरण गरेको बताए । आंशिक र पूर्ण रूपमा क्षती हुन पुगेका एक सय एक घरधुरीलाई उक्त रकम वितरण गरेको उनले बताए ।

सो आर्थिक रकम संकलन अभियानमा जुटेका  सबै सहयोगी मनहरुलाई धन्यवाद दिदै विपदको बेला सबैलाई हातेमालो गर्दै अघि बढ्नुपर्ने थिङ्ले बताए ।

Loading...