
‘खुस्मा’ न्यूयोर्कमा प्रदर्शन हुँदै ।
मकै हाउस सामुदायिक मिडिया,
बिर घर्ती मगर ।
न्यूयोर्क । नेपालमा भब्य सफल प्रर्दशन पश्चात् अमेरिकाको न्यूयोर्कमा अस्ट्रोरियाको रिगल यूए कौफम्यानमा अक्टोबर २२ गते मंगलबार देखि २४ गतेसम्म लगातार तीन दिनसम्म नेपाली कथानक चलचित्र ‘खुस्मा’ को प्रदर्शन हुने भएको छ ।
न्यूयोर्कमा बसोबास गर्नु भएका नेपालीहरूले परिवार सहित यो चलचित्र हेरेर मनोरञ्जन लिन सक्नेछन् ।
यस चलचित्र ‘खुस्मा’को गीत ‘रुकुम मैकोट’ सबैभन्दा लामो समयसम्म हाल युट्युवको ग्लोबल ट्रेन्डिङमा स्ट्रिमिङ हुने नेपाली गीत बन्न पनि सफल भएको छ ।

निर्मातामा वीरबहादुर लामा, चन्द्रबहादुर भट्टचन, मानबहादुर धनाह मगर र बेतान मगर छन् । सहनिर्माता सुस्मिता बुढाथोकी छन भने दीपक बज्राचार्यको छायांकन छ । चलचित्रमा धिरज र उपासना सहित माओत्से गुरुङ, खड्क बहादुर पुन (खबपु), राजु रेग्मी मगर, सुजाता राई, विजय सुब्बा, राज थापा काउचा, अस्तित्व भट्टचन, संगीता थापा मगर, अरुन मगर, सारा राई, श्वेता मिश्र, विवेश मगर लगायतका कलाकारको अभिनय रहेको छ ।

उक्त फिल्म ‘खुस्मा’को टिकट लिनको लागि अनलाइन लिङ्कमा गएर पनि काट्न सकिन्छ ।
https://www.regmovies.com/movies/khusma-nepali-ho00017533