
सान् फ्रान्सिस्कोमा नेपाली सामुदायिक भवनलाई बैना, समुदायसँग सहयोग आह्वान
मकै हाउस सामुदायिक मिडिया,
सान् फ्रान्सिस्कको, (क्यालिफोर्निया) अमेरिका अगष्ट २१, २०२४ । अमेरिकाकै प्रख्यात शहर सान् फ्रान्सिस्कको क्षेत्रमा नेपाली सामुदायिक केन्द्रको भवन खरिद हुने भएको छ ।
अमेरिकाकै नेपालीहरुको पुरानो संस्था नेपाली एसोसियसन अफ नर्दन क्यालिफोर्निया (नान्स) ले राखेको खरिदअफर स्वीकृत भएपछी भवन किन्ने बाटो खुलेको हो ।
हजारौं नेपालीको बसोबास रहेको सो क्षेत्रमा सामुदायिक केन्द्रको वर्षौं देखिको सपना बल्ल पुरा हुने भएको छ । नेपालीहरुको बढी जनघनत्व रहेको रिचमण्ड शहरको हलसहितको एक ठुलो भवन धनीले नान्सलाई बिक्रिगर्न सहमत भएको छ । जसका लागि ६० हजार अमेरिकी डलर दिएर बैना गरिएको नान्सका अध्यक्ष प्रितेश कार्कीले जानकारी दिएका छन् ।

करिव १० हजार ८ सय वर्ग फिटको भवन छ । सुविधा सम्पन्न मुख्य सभाकक्ष५सय २८ जना क्षमताको छ । २ सय सिटको क्याफ्टेरिया, ६ वटा अफिसकोठा छन् । भान्सा तथा अन्य स–साना स्टोर कोठाहरु र शौचालय छन् । ५४हजार वर्गफिटको पार्किङ लटमा १सय १० भन्दा बढी सवारी पार्किङको व्यवस्था छन् ।
सो भवन २१ लाख ७० हजार अमेरिकी डलर मुल्य तय गरेर बिक्रीमाराखिएको थियो । तर नान्सले बिक्री प्रतिनिधिसँगको पटक–पटक वार्ता गरि१८ लाख ६० हजारमा खरिद गर्ने नान्सको प्रस्ताबमा बिक्रेता सहमत भएकोमहासचिव यज्ञ नेपालले बताए । योसँगै अब २ महिनाभित्र करिव २० प्रतिशतसुरु भुक्तानी (डाउन पेमेन्ट) रकम बुझाएपछि भवनको स्वामित्व हस्तान्तरणहुनेछ र । यसका लागि करिव ४ लाख डलर नगद आवश्यक पर्छ ।
नान्सका अध्यक्ष कार्की बे एरियामा बस्ने नेपालीले वर्षौदेखि देखेकोसाझा सपना पुरा गर्न एकजुट हुनुपर्ने समय आएको बताउँदै सहयोगका लागिसबै समुदायलाई आव्हान गरेका छन् । ‘डाउन पेमेन्टको रकम संकलन, ऋणलिएर भवन पास गर्ने र मोर्गेज रकम व्यवस्थापनका निम्ति सबै मिलेर कामगर्नुछ’ कार्कीले भने, ‘सिंगो समुदाय एकजुट हुँदा यो सबै चुनौती सहजै पारलाग्छ भन्ने विश्वास छ ।’
यही सातादेखि विशेष अभियान लिएर यो क्षेत्रका सबै नेपालीसमुदायको टोल–टोलमा पुगेर रकम संकलन गरिने योजना रहेको कार्कीलेबताए ।
चाडपर्व एवं धर्म, संस्कृति अनुसारका सामाजिक साँस्कृतिक कार्यक्रम गर्नसामुदायिक केन्द्रको आवश्यकता परेको अगुवाहरुको भनाई छ । सन् २००६मा निर्माण भएको नयाँ र चिटिक्क परेको छ । कुनैपनि मर्मत सम्भार बिना किनेको भोलिपल्टैदेखि कार्यालय सञ्चालन तथा अन्य गतिबिधि गर्न सकिने अवस्थाको छ ।