Banner

ग्रेटर जर्सि नेपाली समाजको दशै, तिहार र छठ बिशेष कार्यक्रम हुने, बिमल डॅागी र निशा सुनारको बिशेष प्रस्तुती

 

मकै हाउस सामुदायिक मिडिया,

न्युयोर्क । ग्रेटर जर्सि नेपाली समाजको आयोजनामा दशै, तिहार, छठ एवं नेपाल सम्बतको बिशेष शुभकामना कार्यक्रम हुने भएको छ । 

जर्सि सिटी र आसपासको क्षेत्रमा बसोवास गर्ने नेपालीहरुको समुदाय र एक आपसमा भाईचारा, समन्वय र दुख सुख पर्दा सहयोग आदान प्रदान गर्ने हेतुले निर्माण भएको सामुदायिक संस्था ग्रेटर जर्सि नेपाली समाजले आगामी अक्टोबर २६, शनिबार दिउसो ३ः०० बजे देखि न्युजर्सिको जर्सिसिटी स्थित 81 Sip Avenue, Jersey City, NJ 07306 मा “दशै, तिहार, छठ एवं नेपाल सम्बत” बिशेष शुभकामना आदान प्रदान कार्यक्रम गर्न लागिएको हो । 

उक्त शुभकामना आदान प्रदान कार्यक्रममा नेपालका ख्याति प्राप्त लोक तथा दोहोरी गायक बिमल डॅागी र लोक तथा दोहोरी गायिक निशा सुनारको साथै स्थानिय र प्रस्तुती र डिजेको रमझम हुने भएको छ । 

बिगत डेढ दशक देखि दुबै गायक तथा गायिका न्युयोर्कलाई कर्मथलो बनाउदै आरहनुभएको छ । 

 

Loading...