
शेर्पा संघ अमेरिकाको चौथौ महाधिवेशनबाट पासाङ दोर्जी(एपि) शेर्पा दोस्रो कार्यकालको लागी अध्यक्ष पदमा चयन
मकै हाउस सामुदायिक मिडिया,
न्युयोर्क ।शेर्पा संघ अमेरिकाको चौथौ महाधिवेशनले पासाङ दोर्जी(एपि) शेर्पालाई दोस्रो कार्यकालको लागी अध्यक्ष पदमा चयन गरेको छ ।
गत अक्टोबर २०, आईतबारका दिन ज्याक्सन हाईट्स स्थित शेर्पा तिदुगको सभाहलमा सम्पन्न शेर्पा संघ अमेरिकाको चौथौ महाधिवेशनले पुनः दोस्रो कार्यकालको लागी पासाङ दोर्जी(एपि) शेर्पालाई ११ सदस्यीय नयाँ कार्यसमिति सहित अधय्क्ष पदमा चयन गरेको छ।

संघले अध्यक्ष एपीको नेतृत्व टोलीमा आङछिरिंग शेर्पालाई बरिष्ठ उपाध्यक्ष, मिना लामा शेर्पालाई उपाध्यक्ष, छिरिङ शेर्पालाई महासचिव, लाक्पा थिलेलाई सचिव, निमा दोर्जी शेर्पालाई कोषाध्यक्ष र गेलु शेर्पालाई सह-कोषाध्यक्ष पदमा चयन गरेको छ। भने सदस्यहरुमा मिगिर शेर्पा,गेल्जी शेर्पा,साम्देन शेर्पा,याङ्जी शेर्पा लाई चयन गरेका हुन् ।

संघका अध्यक्ष पासाङ दोर्जी एपि लामा शेर्पाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रम धर्मगुरु डा.युला शेर्पाको प्रमुख आतिथ्य तथा नेपाल आदीवासी जनजाति महासंघ अमेरिका फिप्नाका अध्यक्ष तोरन गुरुङ,लुम्बिनी विकास कोषका पुर्व सदस्य सचिव आङदावा शेर्पा, बिश्व शेर्पा संघका बरिस्ठ उपाध्यक्ष निमा शेर्पा, शेर्पा किदुगका अध्यक्ष ई.तेम्बा शेर्पा,एनआरएन न्युयोर्क च्याप्टरका उपाध्यक्ष लक्ष्मी थापा लगायतका व्यक्तित्वहरुको आतिथ्यमा सम्पन्न भएको हो ।
