
नेपाललाई फाईनलमा हराउदै बंगलादेश निरन्तर दोस्रो पटक महिला साफ च्याम्पियनशिप बिजेता
मकै हाउस सामुदायिक मिडिया,
न्युयोर्क । भर्खरै सम्पन्न सातौ महिला साफ च्याम्पियनशिपमा नेपाललाई हराउदै निरन्तर दोस्रो पटक बंगलादेश साफ च्याम्पियनशिपको बिजेता बनेका छन् ।
नेपालको दशरथ रंगाशालामा सम्पन्न भएको सातौ महिला साफ च्याम्पियनशिपको उपाधी बंगलादेशले उचालेको छ । खेलको दोस्रो हाल्फमा ५२ औ मिनेटमा बंगलादेशले गोल गर्दै अग्रता लिएता पनि खेलको ५६ औ मिनेटमा प्रिती राईले दिएको पासलाई मनिसा कार्कीले उत्कृष्ट गोल गर्दै खेलमा टोलीलाई बराबरीको स्थितीमा ल्याएको थियो ।

खेलको सुरुवाती देखि नै आक्रामकरुपमा खेलिरहेको बंगलादेश टोलीले दोस्रो हाल्फको ८२ औ मिनेटमा गोल गर्दै खेलमा निर्णायक गोल गर्दै सातौ महिला साफ च्याम्पियनशिपको उपाधी उचालेको हो ।
बंगलादेशले यस् सिजन र २०२२ को छैठौ सिजन गरी निरन्तर दोस्रो पटक महिला साफ च्याम्पियनशिपको उपाधी उचालेको हो । २०२२ को छैठौ साफमा पनि नेपाललाई १-३ गोलको अन्तरले हराउदै पहिलो पटक बंगलादेशले महिला साफ च्याम्पियनशिपको उपाधी उचालेको