Banner

लायन्स क्लब न्युयोर्कको परम्परागत शैलीको घर दैलो देउसी भैलो कार्यक्रम सम्पन्न, दक्षिणा मार्फ़त प्राप्त रक़म सामाजिक कार्यमा समर्पण

 

मकै हाउस सामुदायिक मिडिया,

न्युयोर्क । न्युयोर्कमा नेपालीहरुले नेतृत्व गरेको २ वटा लायन्स क्लब क्विन्स केटिएम लायन्स क्लब र क्विन्स बुद्ध लायन्स क्लबको संयुक्त आयोजनामा न्युयोर्कको क्विन्स क्षेत्रमा परम्परागत शैलीमा घर दैलो देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ ।

गत नोभेम्बर २,२०२४ शनिवार दिउसो २ः०० बजे बाट शुरु भई सॉझको ११:०० बजे सम्म घर दैलो देउसी भैलो कार्यक्रम चलेको हो । उक्त देउसी भैलो कार्यक्रममा दुबै क्लबका अफिसरहरुले आ-आफ्नो जातिय भेषलाई परिचित गराउने पहिरन पहिरिएका थिए । जस्मा नेवार, मगर, तामांग, थकाली र नेपाली पहिरनमा सजिएर न्युयोर्कको क्विन्स स्थित नेपालीहरुको ब्यवसाय र घर-घरमा गई नेपालको ईतिहास देखि चल्दै आएको परम्परा अनुसार देउसी भैलो भट्याउदै देउसी भैलो खेलेका थिए ।


दिउसो २ः०० बजेबाट सुरु भएको देउसी भैलो कार्यक्रम ज्याक्सन हाईट्स स्थित नेपाली मम क्याफेबाट शुरुवात गरी गोर्खाली रेष्टुरेण्ट, नेपाली भान्छा घर, लेक साईड रेष्टुरेण्ट, डिजी प्लस, प्रणाम रेष्टुरेण्ट, रेडपाण्डा रेष्टुरेण्ट, बाजेको सेकुवा र काष्ठमण्डप रेष्टुरेण्टमा खेल्दै अन्त्य भएको थियो । उक्त दिन देउसी भैलो खेल मार्फ़त दक्षिणा स्वरुप नगद अमेरिकी डलर ४ हजार संकलन भएको हो । संकलित रकम सम्पुर्ण लायन्स क्लब मार्फ़त सामाजिक हितको लागी नै खर्चने क्विन्स केटिएमकी अध्यक्ष तथा जोन चेयर रश्मी श्रेष्ठ र क्विन्स बुद्धका अध्यक्ष चन्द्र नेपालीले मकै हाउस मिडियालाई जानकारी गराएका हुन् ।

यसरी परम्परागत रितिरिवाज शैलीमा नेपाल झल्कने पहिरन पहिरि परम्परागत शैलीमा घर र व्यवसायको दैलोमा पुगी देउसी भैलो खेल्ने प्रवासमा पहिलो नेपाली संस्था वा संगठन भनेको न्युयोर्कमा नेपालीहरुले नेतृत्व गरेको २ वटा लायन्स क्लब क्विन्स केटिएम लायन्स क्लब र क्विन्स बुद्ध लायन्स क्लब हुन् । जस्ले बिगत ५ बर्ष देखि नेपाली कला, संस्कृति, भेषभुषाको प्रवासीभुमीमा जगेर्ना र यस्को संरक्षणको निमित्त यि दुई लायन्स क्लबले न्युयोर्कको क्विन्समा घर दैलो देउसी भैलो खेल्दै आएका छन् । 

 

Loading...