
जिपिके फाउण्डेसन र सिन्धु समाजले संयुक्त न्युयोर्कमा बिधार्थीकालागी खाधान्न बितरण गरेको छ ।
मकै हाउस मिडिया, न्युयोर्क
न्युयोर्क । ६ फेब्रुवरी २०२५,उडसाईड न्युयोर्क ।
न्युयोर्क र आसपास रहेका कलेजमा अध्ययनरत ४२ जना विद्यार्थीहरूलाई जीपी कोईराला फाउन्डेशनको संयोजन एवं सिन्धु अमेरीका वेयलफेयर सोसाईटीको प्रायोजनमा दैनीक अत्यावश्यकीय दाल, चामल, मस्यौरा,तेल,चाउचाउ जस्ता खाद्य सामग्री वितरण गरेको छ ।

वर्तमान सरकारको कडा आप्रवासन नितीका कारण विद्यार्थीहरु कलेज वाहिर काम गर्न नसक्ने र आर्थिक कठिनाईका कारण पर्याप्त खानाको जोहोसमेत गर्न नसकिरहेको अवस्थामा यस प्रकारको सहयोगले उनीहरुलाई थोरै भएपनी तत्कालका लागी राहत पुगेकोमा खुशी ब्यक्त गरेका छन् ।

सो वितरणमा फाउन्डेशनका तर्फवाट अध्यक्ष सोमनाथ घिमीरे उपाध्यक्ष सुवर्ण लामा, कार्यसमिति सदस्यहरु रामचन्द्र अधिकारी, सुर्य सिंखडा एवं सक्रिय स्वयंसेवकहरू शेखर कार्की, विल तामागं, योगेन्द्र अधिकारी र निरज रिमाल खटिनुका साथै प्रायोजक सिन्धु अमेरीका वेलफेयर सोसाइटीका अध्यक्ष पासागं नोर्वु शेर्पा लगायत पदाधिकारीहरू दोस्रो उपाध्यक्ष श्री लाक्पा ठिलेन शेर्पा, सचिव श्री भीमसेन श्रेष्ठ, सहसचिव श्री बुद्धिबहादुर श्रेष्ठ, कोषाध्यक्ष श्री साङ्ठिलेन शेर्पा, सहकोषाध्यक्ष श्री पासाङ तेम्बा शेर्पा, कार्यसमिति सदस्य श्री निमा शेर्पा सक्रिय रुपमा खटीमुभएको थियो भने स्वयंसेवकहरुमा क्रमश: श्री डुक छिरिङ शेर्पा, सुश्री पेमबी शेर्पा लामा, सुश्री सुस्मिता गुरुङ, श्री निमछिरिङ शेर्पा, श्री गोम्बु शेर्पा र श्री निम पासाङ शेर्पा खटेका थिए ।

यसैगरी मध्याह्नको लागी करीब ५० जनाको खानाको प्रायोजन नेपाली मोमो क्याफे ज्याक्सन हाईट्सका संचालक हरी पुनद्वारा गरीएको थियो। नेपाली स्वादिष्ट दालभात, चिकेन करी एवं तरकारी तथा मम र चाउमीन एवं जुससहितको व्यवस्थापन गरीएको थियो।

जिपी कोईराला फाउन्डेशन परीवार यी दुवै प्रायोजनका लागी वहाँहरुप्रती हार्दिक धन्यवाद एवं आभार प्रकट गर्दछ। साथै आगामी २ महिनासम्म लगातार यसरीनै विद्यार्थीहरुलाई सहयोग गर्ने लक्ष्यकासाथ ईच्छुक मनकारी व्यक्तित्व एवं उद्योग व्यवसायी वा संघसंस्था जोकोहीसँग हातेमालो गर्दै अगाडी बढन समेत हार्दिक आव्हान गर्दछ। हाम्रो मुल मंत्र “सेवा नै सबै भन्दा ठुलो धर्म हो”।