
एलिना चौहान र बिष्णु बिच सम्बन्ध बिच्छेदको टुंगो लागेको छ, भाबुक हुदै चौहानले स्टाटस लेखेकी छन् ।
मकै हाउस मिडिया, न्युयोर्क
न्युयोर्क । सुप्रसिद्ध गायिका एलिना चौहानको औपचारिकरुपमा पारपाचुके भएको छ ।
गायिका चौहानले केही बर्षको प्रेम पश्चात अष्ट्रेलियामा बस्दै आएका आफ्ना प्रेमी बिष्णु संग केही महिना पहिले मात्र नेपाली परम्परा अनुसार बिबाह गरेर अष्ट्रेलिया गएकी थिईन् । तर केहि समय पछि नै दुबै बिच दरार आएपछी दुबैले सहमतीमै पारपाचुके गर्ने निर्णय गरेका थिए ।
केही समयमात्र अष्ट्रेलियाबाट नेपाल फर्केकी गायिका चौहानले हिजो मात्र औपचारिकरुपमा पारपाचुके सम्पन्न भएपछी आफ्नी पुर्बपती बिष्णुलाई सम्झदै स्टाटस लेखेकी छन् ।

“प्रिय बिष्णु,
अग्निलाई साक्षी राखेर ७ फेरा लगाउदा गलेका खुट्टाहरु अझै उस्तै छन्।
तिम्रो हातले रंगिएको मेरो सिउदो अनि सिन्दुरका डोबहरु अझै उस्तै छन्।
तिम्रा नाममा लगाएका हातभरिका चुरा अनि छिनछिन आवाज अझै उस्तै छन्।
हामीलाई दुईबाट एक बनाएको सेतो लगनको गाँठो अझै उस्तै छ।
वडा कार्यालयमा गएर बनाएको हाम्रो विवाहदर्ताको प्रमाणपत्र अझै उस्तै नयाँ छ।
तर फेरा, चुरा, सिन्दुर, लगनगाँठो, विवाहदर्ता र शारीरिक मिलन मात्रै विवाह होईन रहेछ।
भावनात्मक मिलन, आपसी विश्वास र समझदारी नै विवाहको मुख्य प्राण रहेछ।
जुन रहेन अनि हाम्रो सम्बन्धमा अल्पायु मै पुर्णविराम लागेको छ। यो रहरले होईन। जुन बाध्यता तिमि, मलाई र भगवानलाई मात्र थाहा छ।
आजदेखी स्वतन्त्र भएर कानुनी रुपमै आ-आफ्नो गन्तव्य तय गर्न बाटो खुलेको छ।
पत्नीका रुपमा अधिकारले मैले पाउने सम्पत्ति तिम्रै प्रगति र उन्नतिका लागि छोडेको छु।
तिमीलाई बाँकी जीवनको धेरै धेरै शुभकामना बिष्णु। (magh 29)”
