
ताप्लेजुंग केबलकार सम्बन्धमा फिप्ना र फिवनाको आपत्ती, आदिवासी समुदायको आस्था माथि आघात
मकै हाउस मिडिया, न्युयोर्क
न्युयोर्क । ताप्लेजुंग केबलकार सम्बन्धमा मुकुलुंग (पाथिभरा) ऐतिहासिक नामले प्रचलित पबित्र स्थल आदिवासी किरॅात समुदायको लागी एक महत्वपुर्ण धार्मिक तथा सांस्कृतिक स्थल रहेको र सोही स्थानलाई हिन्दुकरण गर्ने उदेश्यले कब्जा गर्न खोज्नु आदिवासि समुदायको आस्थामाथी ठुलो आघात पुगेको जिकिर गर्दै नेपाल आदिवासी जनजाती महासंघ, अमेरिका (फिप्ना) र नेपाल आदिवासी जनजाती महिला महासंघ, अमेरिका (फिवना)ले छुट्टाछुट्टै बिज्ञप्ती निकालेको छ ।


