Banner

न्युजर्सीमा सम्पन्न २०२५ गार्डेन स्टेट च्याम्पियनशिप करातेमा च्याम्पियन मार्शल आर्ट्स क्लब न्युयोर्कको ठूलो सफलता

 

मकै हाउस मिडिया, न्युयोर्क

न्यूयोर्क । फेब्रुअरी १६, २०२५ – च्याम्पियन मार्शल आर्ट्स क्लब युएसएले २०२५ गार्डेन स्टेट च्याम्पियनशिप करातेमा प्रभावशाली प्रदर्शन गर्दै  दुई रजत र दुई कांस्य गरी ४ पदक जितेको छ । 

साफ गोल्ड मेडलिस्ट, कराते खेलाडी तथा प्रशिक्षक सुनील लामाको नेतृत्वमा रहेको टोलीले प्रतिष्ठित कार्यक्रममा उल्लेखनीय सीप र दृढ संकल्प प्रदर्शन गरेको छ । ११ औं SAG (दक्षिण एसियाली खेलकुद) र १३ औं APSKF (एसियाली प्रशान्त शितो-र्यु कराते च्याम्पियनशिप) स्वर्ण पदक विजेता लामाले आफ्ना विद्यार्थीहरूको उपलब्धिहरूमा गर्व व्यक्त गरेका छन् । 

लामाका छोरा आफ्नो बाबाले कोरेको मार्गमा लाग्दै गरेका यांग्तेन लामाले  १०-११ वर्षीय उन्नत श्रेणीमा उत्कृष्ट प्रदर्शन गर्दै कुमिते बिधामा रजत र काता बिधामा कांस्य पदक गरी २ पदक जितेका छन् ।

युवा डिभिजनमा रेदन थापा मगर ५ वर्ष मुनिका शुरुवाती वर्गमा कुमिते तर्फ रजत पदक जित्न सफल रहयो भने, ६-७ वर्ष उमेर समुहमा शुरुवाती वर्गमा अविर महर्जनले कुमिते तर्फ कांस्य पदक जित्न सफल रहयो । 

“हाम्रा विद्यार्थीहरूले प्रतियोगिताभरि उत्कृष्ट एकाग्रता र दृढ संकल्प प्रदर्शन गरे,” लामाले भने। “यी नतिजाहरूले उनीहरूले आफ्नो प्रशिक्षणमा लगाएको समर्पण र कडा परिश्रमलाई प्रतिबिम्बित गर्दछ।”

न्यूयोर्कको वुडसाइडमा अवस्थित च्याम्पियन मार्शल आर्ट्स क्लब युएसएले कराते कला मार्फत अनुशासन, सम्मान र दृढतालाई प्रवर्द्धन गर्दै सबै उमेरका खेलाडीहरूलाई तालिम दिन जारी राखेको छ। 

 

Loading...