
प्रेम सेन्चुरीले प्रवासबाट ल्याए “माया सारिदेऊ” (भिडियो सहित)
मकै हाउस मिडिया,
न्युयोर्क । गायक प्रेम सेन्चुरी र गायिका संजिता बरालको स्वरमा रहेको “माया सारिदेऊ”को बोलको भिडियो सार्बजनिक भएपछी चर्चा चुलिएको छ ।
बिगत साढे एक दशक देखि न्युयोर्कलाई कर्मथलो बनाउदै आईरहेका गायक प्रेम सेन्चुरीले प्रवासबाटै “माया सारिदेउ” बोलको भिडियो सार्बजनिक गरेका छन् । सेन्चुरीलाई गायिका संजिता बरालले स्वरमा साथ दिएकी छन् ।

राजु सिंहको संगित, डिपी खनालको शब्द र बिमल बुढाथोकीको संगित एरेन्जमेन्टमा तयार भएको गितको भिडियो अमेरिकाको न्युयोर्क स्थित रमनिय स्थलमा छायांकन गरिएको हो ।
बरिष्ठ नृत्य निर्देशक गोबिन्द राईको निर्देशन र कोरियोग्राफिमा बनेको भिडियोलाई निशान घिमिरेले छायांकन र सम्पादन गरेका हुन् । भने बिक्की पुलामी र अस्मिता जुरेलीको अभिनय रहेको छ ।
भिडियोलाई गायक प्रेम सेन्चुरीको अफिसीयल युट्यूब च्यानलबाट प्रसारण गरिएको हो ।