
ताप्लेजुंग केबुलकार र तनाबग्रस्त अबस्थामा ध्यान पुर्याउन प्रधानमन्त्री समक्ष फिप्नाले ज्ञापन पत्र बुझाएका छन् ।
मकै हाउस मिडिया, न्युयोर्क
न्यूयोर्क। नेपाल आदिवासी जनजाति महासंघ, अमेरिका (फिप्ना) ले न्युयोर्क स्थित नेपाल महावाणिज्य दुतावासको कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।

नेपाल आदिवासी जनजाती महासंघ, (फिप्ना)ले हाल नेपालको पुर्बी क्षेत्र ताप्लेजुंगमा देखिएको तनाव ग्रस्त अवस्थालाई मध्यनजर गर्दै आदिवासी याकथुङ् (लिम्बु ) किरात समुदायको महत्वपूर्ण धार्मिक तथा साँस्कृतिक धरोहरको रूपमा रहेको मुक्कुमलुङमा ब्यबसायी चन्द्र ढकालले याकथुङ् (लिम्बु ) हरु संग स्वतन्त्र, अग्रिम, जानकारी सहितको मन्जुरी बिना ब्यबसाय र मानब अधिकारको दस्तावेजको प्रावधानहरु उलंघन गरेकै कारण तनाव ग्रस्त अवस्था सृजना भएको र बिशेष ध्यानाकर्षण गराउने हेतुले फिप्नाको टोलीले न्युयोर्क स्थित नेपाली महावाणिज्य दुतावासको कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएका छन् ।


न्युयोर्क स्थित नेपाली महाबाणिज्य दुतावासको कार्यालयले फिप्नाको ज्ञापन पत्र र हाल ताप्लेजुंगमा देखिएको तनाबग्रस्त अवस्थालाई आत्मसाथ गर्दै सो समस्याको समाधानमा सहयोग पुर्याउने उच्च सतर्कताका साथ सोहि दिन परराष्ट्र मन्त्रालय, युरोप अमेरिका महाशाखा, सिंहदरबारलाई ज्ञापन पत्र पनि पठाएको छ ।

