
अटिजम बालबालिका सहयोगार्थ कनेक्टिकटको ब्रान्फोर्डमा “फण्डरेजर डिनर” हुने भएको छ ।
मकै हाउस मिडिया,
कनेक्टिकट : अटिजम बालबालिकाहरुको सहयोगार्थ कनेक्टिकटको ब्रान्फोर्डमा “फण्डरेजर डिनर” कार्यक्रम हुने भएको छ । गत बर्ष २०२४ मा कनेक्टिकटमा स्थापित संस्था “युनिटी फर अटिजमको आयोजनामा “फण्डरेजर डिनर” कार्यक्रम हुने भएको हो ।
अटिजम रोगबाट पिडित बालबालिकाहरुको शिक्षा, उपचार र पुनर्स्थापना सँग सम्बन्धित संस्था (विशेष स्कुल तथा पुनर्स्थपना केन्द्र काठमाडौँ)मा आश्रित बालबालिकाहरुसगैँ देशभर नै रहेका अटिजम स्कुल र बालबालिकाहरुलाई सहयोग पुराउने उद्देश्यले “फण्डरेजर डिनर” कार्यक्रम गर्न लागिएको “युनिटी फर अटिजम”की संस्थापक तथा कार्यकारी प्रमुख सुस्मा श्रेष्ठले जानकारी दिइन् ।

उनीले थप्दै बताउनु भयो अटिजम भएका बालबालिकाहरुलाई हेरचाहमा निकै समस्या भएको मैले देखेकी छु , उनीहरुलाई सिक्री, डोरीले बाँधेर, कोठामा थुनेर राख्ने गरेको पाइन्छ । यस कारण अटिजम भएका बच्चाहरुलाई समेत उचित जीवनशैलीका साथ विशेष शिक्षा, रेखदेख, उपचार र पुनर्स्थापनाबाट सामान्य अवस्थासगैँ दैनिकी मजबुत बनाउन सक्नु नै हाम्रो कार्यक्रमको उद्देश्य हो ।

“युनिटी फर अटिजम” २०२४ मा स्थापना भए देखि पहिलो पटक यो कार्यक्रम गर्न लागिएको पनि बताएकी छन् ।
श्रेष्ठ सन् २०१३ मा श्रीमान्सगैँ अमेरिका रहदै आएकी छिन् । उनले आफ्नो कमाईबाट केहि रकम रहेक बर्ष सामाजिक कार्यमा खर्च गर्दै आएकी छन् । उनले आफ्नो सामाजिक कार्यलाई थप मजबुद बनाउदैँ संस्था नै गठन गरि अभियान सुरु गर्न लागेकी हुन् । एक सय डलर प्रवेश शुल्क राखिएको डिनरमा सहभागीले नेपाली खानाका विभिन्न परिकार र लाईभ म्यूजिकसगैँ विभिन्न मनोरञ्जनसगैँ अटिजम भएका बालबालिकाहरुलाई सहयोग समेत गर्न पाउने भएको समेत बताउनु भएकी छिन् ।
कार्यक्रम आगामी मार्च १६, २०२५ कनेक्टिकटको ब्रान्डफोर्डमा सॅाझ ६ः०० बजे हुने समेत जानकारी गराउनु भएकी छन् ।