Banner

अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिको फाईनलमा नेपाललाई हराउदै म्यानमारले उपाधी जितेको छ ।

 

मकै हाउस मिडिया, न्युयोर्क 

काठमाण्डौ । काठमाण्डौमा भर्खरै सम्पन्न अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाईनल खेलमा नेपाललाई ०-२ ले हराउदै म्यानमारले उपाधी उचालेको छ ।

खेलको पहिलो हाल्फमा नेपालले खेललाई आफ्नो पक्षमा राखेता पनी कुनै पनि गर्न नसक्दा खेल ०-० को बराबरीमा टुंगिएको थियो । 

खेलको दोस्रो हाल्फमा म्यानमारले खेलमा दबाब सृजना गर्दै खेलको ६२औ मिनेटमा एकल प्रयासमा युपर खातिंगले लिएर गएको बललाई उत्कृष्ट गोल गर्न सफल भएपछी म्यानमारले खेलमा १-० को अग्रता लिएको थियो । नेपाली टोलीको रक्षापंक्तीको कमजोरीको फाईदा उठाउदै खेल बितेको ३ मिनेट नबित्दै अर्को गोल गोलरक्षक अंजिलाले बचाएको बल फर्किएर बल बचाउने प्रयास गर्दा आत्मघाती गोल भएपछी खेलको ६४ औ मिनेटमा म्यानमारले २-० को अग्रता लिदै भर्खरै सम्पन्न अन्तराष्ट्रिय फोर नेसन्स महिला च्याम्पियनशिपको उपाधी उचालेको हो । 

 सुह चरणको अन्तिम खेलमा म्यानमार बिरुद्ध खेलेको खेललाई निरन्तरता दिन नसक्दा उपाधी जित्नबाट नेपाली टोली असफल रहेको हो । 

 

Loading...