Banner

तामांग सोसाईटी अफ अमेरिकाको अध्यक्ष पदमा शम्सेर योन्जनको उम्मेदवारी घोषणा, जिते समाजको आफ्नै भबन किन्ने प्रतिबद्धता

 

मकै हाउस मिडिया, न्युयोर्क

न्युयोर्क । तामांग सोसाईटी अफ अमेरिकाको हुन गईरहेको १२ औ महाधिबेसनमा संस्थाका बर्तमान महासचिव शम्सेर योन्जनले अध्यक्ष पदका लागी आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । 

समाजको आगामी मार्च १६, २०२५ आईतबारका दिन हुने १२ औ महाधिवेशनमा योन्जनले गत मार्च ६,२०२५ बिहिबार सॉझ न्युयोर्कको ज्याक्सन हाईट्स स्थित हिमालयन रेष्टुरेण्ट एण्ड बारमा उम्मेदवारी घोषणा कार्यक्रम गरी (२०२५- २७) का लागी अध्यक्ष पदमा उम्मेदवारी  घोषणा गरेका हुन् । हाल योन्जनले समाजको महासचिव पदमा रहि सेवा पुर्याईरहेका छन् । 

उम्मेदवारी घोषणा कार्यक्रममा समाजका पुर्ब अध्यक्षहरु, लाल तामांग, भरत मोक्तान, शान्ता थोकर, ईन्द्र तामांग र बर्तमान अध्यक्ष बुद्धीमान तामांग, पुर्व महासचिव दिपेन्द्र लामा र समाजका अन्य अगुवाहरुको उपस्थिती रहेको थियो । 

योन्जनले उम्मेदवारी घोषणा कार्यक्रममा आफुले जिते पश्चात गर्ने कामहरुको कार्ययोजना समेत पेश गरेका थिए भने आफुले अध्यक्ष पदमा जिते आफ्नो कार्यकालमा १५ जनालाई ट्रष्टी सदस्य बनाउने र धेरै पहिले देखि गर्ने भनि आएको समाजको ड्रिम प्रोजेक्ट आफ्नै भवन खरिद गर्ने प्रकृयालाई पुर्णरुप दिने अर्थात खरिद गर्ने समेत प्रतिबद्धता जनाएका थिए । 

योन्जनले प्रस्तुत गरेका कार्ययोजनाहरु सहितको घोषणा पत्र तल  राखिएको छ । 

उपस्थित सम्पुर्ण पुर्ब अध्यक्ष तथा सल्लाहकारहरुले समाजको भलाईको लागी भनेर नेतृत्व लिईसकेपछी निष्पक्षरुपमा समाजको भलाईको निमित्त नै काम गर्नु पर्छ भन्ने कुरालाई जोड दिएका थिए । 

२०२५-२७ का लागी अध्यक्ष पदका प्रत्यासी योन्जन आफ्नो योजनालाई मुर्तरुप दिन योग्य हुन सक्छ वा सक्दैन त्यो भने चाही उनका प्रत्याशी प्रतिद्वन्दी तुल बाहादुर तामांग संगको सहकार्य वा भिडन्त मार्च १६ ले नै निर्णय लिनेछ । 

 

Loading...