
न्युयोर्कबाट राजन आचार्य बेपत्ता, खोजिदिन परिवारको आग्रह
मकै हाउस मिडिया, न्युयोर्क
न्युयोर्क । संयुक्त राज्य अमेरिकाको न्युयोर्कको क्विन्सबाट नेपाली युवा राजन आचार्य बेपत्ता भएका छन् ।
६ बर्ष पहिले २०१९ मा अमेरिका आएका ३७ बर्षिय राजन आचार्य बिगत लामो समय देखि नेपालमा रहेका आफ्ना परिवार संग सम्पर्क बिहिन रहेपछी नेपालमा रहेका उनका भाई नवराज आचार्यले मकै हाउस न्युजलाई सम्पर्क गरी खोजिकार्यमा सहयोग पुर्याईदिन आग्रह गरेका छन् ।

कोहलपुर ५, पृथ्वीनगर स्थायी नेपाल घर भएका लोक बहादुर आचार्य र सर्जना आचार्यका जेठो छोरा हुन् राजन भने मकै हाउसलाई सम्पर्क गर्ने नवराज कान्छो छोरा हुन् । परिवारमा बुवा, आमा, भाई बुहारीको साथै अर्धांगिनी कमला केसी र दुई छोराहरु डेविड र रेयम आचार्य रहेको भाई नवराजले मकै हाउसलाई जानकारी गराएका छन् ।

बिगत लामो समय देखि नेपालमा रहेका आफ्ना परिवारका सदस्यहरु कोहि संग पनी सम्पर्कमा नआएपछी आत्तिएका परिवारले राजनको फेसबुक र अन्य सामाजिक संजालमा पनि खोजि गरेका थिए ।
परिवारका सदस्यले सबै तिर खोजिकार्य गर्दा पनि नभेटे पछी नवराजले मकै हाउस न्युजलाई सम्पर्क गरी खोजि कार्यमा सहयोग पुर्याईदिन हुन अनुरोध गरेका हुन् ।