Banner

CCNC USA द्वारा आयोजित अमेरिकी अध्यागमन सम्बन्धी कार्यक्रम भव्य रूपमा सम्पन्न, खगेन्द्र जिसीको बिशेष सुझाव

 

मकै हाउस मिडिया, न्युयोर्क

लंगआईल्याण्ड । मार्च ८, २०२५ मा CCNC USA द्वारा आयोजित अमेरिकी अध्यागमनसम्बन्धी विशेष कार्यक्रम भव्य रूपमा सम्पन्न भयो। उल्लेखनीय उपस्थिति रहेको यस कार्यक्रममा, सहभागीहरूले अध्यागमन प्रक्रियासम्बन्धी आफ्ना जिज्ञासाहरू राख्ने अवसर पाए।

कार्यक्रमको प्रमुख आकर्षण सुपर लयर खगेन्द्र जिसीको जानकारीमूलक प्रस्तुति रह्यो। उनले उपस्थित सबैका प्रश्नहरूको जवाफ दिँदै, अध्यागमनसम्बन्धी अन्योल हटाउने महत्वपूर्ण भूमिका निर्वाह गरे। उनको स्पष्ट र प्रभावशाली उत्तरहरूले सहभागीहरूलाई सन्तुष्ट पार्न मात्र नभई, अध्यागमन प्रक्रियाबारे थप जानकारी लिन प्रेरित पनि गर्‍यो।

कार्यक्रम दुई चरणमा सम्पन्न भयो, जहाँ विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले आफ्ना धारणा राखे। समाजका प्रतिष्ठित व्यक्तित्वहरू—बिसाल रेग्मी सदस्य (NRNA न्यूयोर्क च्याप्टर), बसन्त चापागाईं (अध्यक्ष, लङ आइल्याण्ड नेपाली समाज), महेश खड्का (NRNA अभियन्ता तथा CCNC का एक संस्थापक),टक रवाली (अध्यक्ष, धादिङ नेपाली समाज), टिकाराज ढकाल (वर्तमान अध्यक्ष, लङ आइल्याण्ड नेपाली समाज) लगायतका अगुवाहरूले समाजमा अध्यागमनसम्बन्धी सचेतना आवश्यक रहेको कुरामा जोड दिए।

त्यसैगरी, the global diverse society अध्यक्ष शिव फागु , पर्वत सेवा समाज न्यूयोर्कका अध्यक्ष सूर्य पौडेल, नेपाल अमेरिका कलाकार संघका वरिष्ठ उपाध्यक्ष बिमल डाँगी, हेम्जा सेवा समाजका पूर्व अध्यक्ष निरज बास्तोला, लङ आइल्याण्ड नेपाली समाजका सचिव तथा कोषाध्यक्ष मोहन छेत्री र निर्मल थपलिया, NRNA न्यूयोर्क च्याप्टरका पूर्व सचिव बसु लामिछाने, CCNC USA का कोषाध्यक्ष शंकर नारायण प्रजापति लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरू, पत्रकार, कलाकार तथा लङआइल्याण्डवासीहरूको बाक्लो उपस्थिति रहेको थियो।

CCNC USA का संरक्षक बेद खरेल ले अमेरिकी अध्यागमनसम्बन्धी जानकारी हालको अत्यावश्यक विषय भएको बताए। उनले CCNC USA ले समाजप्रति जिम्मेवारीबोध गर्दै यस्तो कार्यक्रम आयोजना गर्नु सकारात्मक पहल भएको उल्लेख गरे। साथै, अहिलेको मुख्य चासो अमेरिकी अध्यागमन प्रक्रिया र नेपाली गैरआवासीय नागरिकताको विषय भएकाले, यी दुवै विषयमा दक्ष सुपर लयर खगेन्द्र जिसीबाट प्रत्यक्ष जानकारी लिन पाउनु ठूलो अवसर रहेको बताए।

सामाजिक सेवामा उल्लेखनीय योगदान पुर्याएको उच्च मूल्यांकन गर्दै, BT Foundation का अध्यक्ष विश्वराज बास्तोलालाई मानार्थ विद्यावारिधि (Honorary PhD) उपाधि प्राप्त गरेकोमा कार्यक्रमका प्रमुख अतिथिले उनलाई दोसल्ला ओढाई हार्दिक बधाई ज्ञापन गर्दै भविष्यमा अझ उल्लेखनीय कार्य गर्दै जाने शुभकामना व्यक्त गरे।

यसरी, CCNC USA को यो पहल आप्रवासी नेपाली समुदायका लागि मार्गदर्शक मात्र नभई, सामाजिक एकताको उत्कृष्ट उदाहरणसमेत बन्न सफल भयो। भने कार्यक्रम सस्थाका महासचिब शंकर भण्डारीले चलाउनु भएको थियो |

 

Loading...