Banner

मृत्यु भैसकेका ड्राईवरका परिवारले पनि उबर/लिफ्ट ज्याला चोरी दाबी गर्न सक्ने

 

मकै हाउस मिडिया, न्युयोर्क

न्युयोर्क । २०१४ देखी २०१७ सम्म उबर र लिफ्टमा काम गरेका ड्राईबर पार्टनरले उबर/लिफ्ट ज्याला चोरी दाबी छिटो गर्न न्युयोर्क ट्याक्सी वर्कर्स एलाईन्सले जानकारी गराएका छन् ।

२०१४ देखी २०१७ सम्म उबर/लिफ्ट संग ड्राईबर पार्टनरको रुपमा काम गरेका सम्पुर्ण ड्राईबरलाई मार्च ३१ भित्र दाबी गरिसक्न जानकारी गराएका हुन् ।

२०१५ देखि २०१७ सम्म जुनसुकै र जतिसुकै समय उबर र लिफ्टमा ड्राईबर पार्टनरको रुपमा काम गरेको भए पनी दाबी गर्न सक्ने र उक्त समय काम गरेका र पछि छाडेका, न्युयोर्क राज्य भन्दा बाहिर रहेका र मृत्यु भैसकेका परिवारका सदस्यले समेत उबर/लिफ्ट ज्याला चोरी दाबी गर्न सक्ने न्युयोर्क ट्याक्सी वर्कर एलाएन्सका कार्यकारी निर्देशक भैरबी देसाईले मकै हाउस न्युजलाई बताएकी छन् । चोरी दाबी गर्ने अन्तिम मिती मार्चको ३१ तारीक रहेको र न्युयोर्क राज्य भन्दा पर जुनसुकै राज्यमा रहेपनी अनलाईन मार्फत आबेदन फारम भर्न सकिने पनि बताएकी छन् ।

नेपालीहरुको सहजताको निमित्त न्युयोर्कको क्विन्स 31-10 37th Avenue, Suite 300, Long Island City, NY 11101 स्थित न्युयोर्क ट्याक्सी वर्कर्स एलाएन्स (New York Taxi Workers Alliance)को कार्यालयमा सजन तामांगलाई भेटी वा फोन मार्फत सम्पर्क गरी सहयोग प्राप्त गर्न सक्नुहुने छ । 

 

Loading...