Banner

न्ययोर्कमा नेपाली संस्थाहरुको संयुक्त आयोजनामा “रक्तदान” कार्यक्रम सम्पन्न,५८ जनाले गरे रक्तदान

मकै हाउस मिडिया, न्युयोर्क

न्युयोर्क । न्यूयोर्कको व्यस्तता जीवनको बावजुदमा पनि समाजसेवीहरूको कमि छैन समाजमा काम गर्न अव एक्लै हैन जुटेर काम गरौ भन्ने भावनाले ओतप्रोत संस्थाहरूले पहिलो पटक रक्तदान गर्न प्रेरित मात्र गरेन ४९ पटक सम्म अरूको जीवन बचाउन आफ्नो रगत दान दिने दाताहरूको भेटधाट र रक्तदान गर्न आज उत्साहपूर्वक रूपमा जमधट गराएको देखियो।


नेपाली मूलका अमेरिकावासी दाजु भाई दिदी बहिनीहरूले स्थापना गरेका नेपालका विभिन्न भेग र भुभागवाट, जिल्ला वासीका समुदायहरूको सहितका प्रतिनिधिमूलक सस्थांहरू लायन्स क्लब क्विन्स बुद्ध, क्विन्स के.टि.एम लायन्स कल्ब, रोटरी क्लब न्युयोर्क क्विन्स, बागलुङ सेवा समाज न्युयोर्क, गोर्खा सेवा समाज न्युयोर्क, गुल्मी अमेरिकन मोडल मुभमेन्टस, जमैका नेप्लिज सोसाइटी , तमु परिवार न्युयोर्क, अमेरिका तथा दिल कुमारी केसी मेमोरियल फाउन्डेसन न्यूयोर्क लगाएतका ९ वटा नेपाली संघ सस्थाहरूको एकै व्यानरमा आयोजना रक्तदान कार्यक्रम सम्पन्न भएको छ।


न्यूयोर्कमा नेपालीका अहिले धेरै संघ सस्थाहरू कार्यरत रहेका छन् कति त एक अर्काको अस्तित्व समेत स्विकार्न सक्दैनन र एक अर्का बीच होडवाजी गरेको जस्तै पनि देखिन्छ । तर पनि यो रक्तदान कार्यक्रममा आएका सस्थाहरू त्यस्तो नभई वास्तवमा नेपाली समुदाय सकृयमात्र होईन बलियो पनि हुनु पर्दछ र एक अर्कालाई सहयोग गर्दै उच्च उदेश्य प्राप्त गर्न मिलेर जानुको विकल्प छैन भन्ने हामी मिलेर परदेशीएका नेपालीहरू हामी कर्मभूमिमा आफ्नो समुदायलाई नमुना देखाउन सकेउ, सबैका कार्यक्रम पनि सफल बनाउ भन्ने भावना बोकेर दिन भर रक्तदान कार्यक्रम स्थलमा आफ्नो समुदायका दोश्रो पुस्तालाई सेवाको भावना सिकाउन स्वयम् सेवक बनाएर ल्याएको देखियो।

दोश्रो पुस्ताका बाबुनानीहरूपनि आवश्यकता पर्ने ठाउमा सहयोग गर्न तयारी भएर दिनभर रक्तदाताको सहजिकरण गरिरेका थिए।
यो कार्यक्रममा धेरै संध सस्थासगं जोडिएर काम गर्ने अवसर सृजना गर्नेकाम लायन कृष्ण आचार्यले मिलाउनु भएको थियो। आजको कार्यक्रममा तमू परिवार न्यूयोर्क की अध्यक्ष मनिता गुरूगंले यसरी काम गर्दा अति आनन्द महशुश गरेको र आगामी दिनमा समेत मिलेर कार्यक्रम गर्न आफ्नो संस्था तयार रहेको बताउनु भयो।

सबै संधसस्थाका प्रतिनिधिहरू उत्साहका साथ कार्यक्रमलाई सफल बनाउन आफ्नो पालोमा आई सुव्यवस्थित बनाउन खटिरहेको ले कार्यक्रम अत्यन्त व्यवस्थित देखिएको थियो।

रक्तदाताहरूको लागि न्यूयोर्क व्लड सेन्टरले व्यवस्था गरे अनुसार व्लड ड्राईभमा अनलाईन दर्ता पहिला नै अग्रीम आफ्नो नाम दर्ता गर्न सक्ने भए वमोजिम अनलाईन दर्ता -६० जना ले गरेका थिए। जस मध्य उपस्थिति भई रक्तदानका लागि आउनु भएका रक्तदाताहरू -४८ जना हुनुहुन्थ्यो भने रक्तदान गर्न सफल हुनु भएका -४१ जना मात्रले थियो अन्य ८ जना रजिष्टर रक्तदाताको अग्रिम रक्तचाप, आईरनलेभल, र ज्वरो जस्ता सामान्य कुराको परिक्षण जाँच गर्दा विविध कुरा नमिलेको कारण -८ जना रक्तदान गर्न नमिलि फर्किनु परेको थियो।


भने अनलाईन दर्ता बाट -१२ जना ले समय मिलाउन नसकेका कारण उपस्थित हुन सक्नु भएन । नेपाली दाजुभाई दिदी बहिनी लगाएत मलमा सामान खरिद गर्न आउनुभएका ग्राहकहरूसमेत वाट “वाक इन”मा आउनु भएको -१८ जना हुनुहुन्थ्यो, वाक इन मा रक्तदान गर्नु भएको- १७ जनाले रक्तदान गर्न को लागि जाँच गर्दा न मिलेको -१ जनाको थियो भने सो रक्तदान कार्यक्रममा जम्मा रक्तदाताहरु सबैलाई हेर्दा ५८ जना जम्मा रक्तदान गर्नु भएको र नमिलेका हरु-९ जना फर्कनु परेको समेत थियो।कुईन्स बुद्धक्लवका मेम्वरसिप चेयरपर्सन लायन पूर्णपाईजा मगरले रक्दानलाई व्यवस्थित वनाउन समय तालिका साथै त्यस दिनको व्यवस्थापन अवश्यक सम्पूर्ण कागजात तयारी एवं रक्तदाताकालागि सर्टिफिकेट,कार्यक्रमको व्यानर, लगाएत सबै संघ सस्थावाट गरिने सहयोगलाई र स्वयंसेवक समेत ब्यवस्थापन गर्ने तालिका सहित आव्हान गरि कार्यक्रमलाई थप प्रकृयाबद्ध बनाउन र रक्तदाता र न्यूयोर्क व्लड ड्राईभका कर्मचारीलाई सजिलो बनाउन उत्कृ्ठ मूमिका खेल्नु भएको थियो र उहांले समुहमा काम गर्दा सबैले आफ्नो जिम्ववारी बहन गर्दा अत्यन्त सजिलो हुने र सबैले आफैले बनाएको सिस्टमलाई फलो गरेकाले नै यतिको राम्रो र सुव्यवस्थित हुन सकेको जानकारी गराउनु भयो।

 

Loading...